Advertisement

ललितपुर सिटी एफसीसंग विराटनगर सिटी एफसी पराजित

0 1,648

Advertisement

२५ बैशाख, काठमाडौं ।नेपाल सुपर लिग (एनएसएल) पहिलो संस्करणको फ्रेन्चाईज फुटबल प्रतियोगितामा ललितपुर सिटी एफसी जित निकालेको छ ।

जित संगै ललितपुर पहिलो संस्करणको फ्रेन्चाईज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) को प्ले अफमा प्रवेश गरेको छ ।

आज भएको खेलमा १० खेलाडीमा सिमित विराटनगर सिटी एफसीलाई ४-० गोल अन्तरले पराजित गर्दै ललितपुरले प्ले अफमा स्थान सुरक्षित गरेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ललितपुरलाई जित दिलाउन कप्तान अन्जन बिष्टले दुई गोल गरे । विमल राना र नुर्लान जाहिदको नाममा एक गोल रह्यो ।

जितसँगै ललितपुरले ६ खेलमा ९ अंक जोडेको छ । ललितपुर लिगको तेस्रो स्थानमा समेत उक्लिएको छ ।

विराटनगरले ६ खेलमा ७ अंक जोड्यो । विराटनगर पाँचौं स्थानमा रहेको छ ।

यो पनि पढ्नुहोस्:



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.