Advertisement

मिनि ट्रक दुर्घटना हुँदा एकको मृत्यु

0 351

Advertisement

१३ मंसिर, मान्म । कालीकोटको नरहरीनाथ गाउँपालिका–१ कोटवाडामा मिनि ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । कर्णाली करिडोरको लालीघाट बजारबाट सुनथराली विमानस्थलतर्फ जादैँ गरेको बा ५ ख ४६४३ नं को मिनि ट्रक कोटवाडामा दुर्घटना भएको हो ।

दुर्घटनामा परी मिनि ट्रकमा सवार नरहरीनाथ–१ कोटबाडाका ५८ वर्षीया जयबहादुर विष्टको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रकमा चार जना सवार रहेका र ट्रक मालिक नेत्रबहादुर विष्ट घाइते भएको प्रहरीले जनाएको छ । घाइते विष्टको थप उपचारका लागि जिल्ला अस्पताल कालीकोट ल्याइँदै गरेको प्रहरीले जनाएको छ ।

निर्माणधीन सुनथराली विमानस्थलका लागि निर्माण सामग्री बोकेको मिनि ट्रक दुर्घटना भएको स्थानीय जमानसिंह विष्टले बताउनुभयो । मिनि ट्रकका चालक र सहचालक सकुसल रहेको प्रहरीले जानकारी दिएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.