Advertisement

नवनिर्मित स्मार्ट पुलिस कन्ट्रोल रुम उद्‍घाटन

0 446

Advertisement

०८ मंसिर, ललितपुर । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका निमित्त कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक उत्तमराज सुवेदीले महानगरीय प्रहरी परिसर ललितपुरमा नवनिर्मित स्मार्ट पुलिस कन्ट्रोल रुमको सोमबार उद्‍घाटन गर्नुभएको छ ।

उक्त अवसरमा प्रहरी नायव महानिरीक्षक सुवेदीले स्मार्ट पुलिस कन्ट्रोल रुमको निर्माण कार्यमा सहयोग पुर्‍याउने विभिन्न संघसंस्था तथा व्यक्तिहरुलाई प्रशंसापत्र समेत प्रदान गर्नुभयो ।

महानगरीय प्रहरी परिसर ललितपुरमा विभिन्न माध्यमबाट प्राप्त हुने विविध प्रकारका सूचनालाई छिटो एवं चुस्त रुपमा प्रहरी परिचालन गरी अपराध रोकथाम तथा नियन्त्रणका लागि गरिएका प्रहरी परिचालनको प्रकृया समेत कम्प्युटरमा अभिलेखीकृत हुने गरी उक्त कन्ट्रोल रुम निर्माण गरिएको उक्त परिसरले जनाएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.