Advertisement

कार्तिक शुक्ल अष्टमी गोपाष्टमी र गाईको के छ त् धार्मिक महत्व

0 782

Advertisement

२५ कात्तिक, काठमाडौं । मिति २०७८ साल कार्तिक २६ गते शुक्रबार कार्तिक शुक्लपक्ष अष्टमी तिथी बिहान १० ; ४३ बजेसम्म र त्यस उप्रान्त नवमी तिथी भएको हुनाले यो दिन गोपाष्टमी कार्तिक शुक्ल पक्ष अष्टमी एक प्रमुख चाड हो।यो दिन गाईको साथै भगवान श्रीकृष्णको पनि पूजा गर्नु पर्दछ। गाई नेपालको राष्ट्रिय जनावर हो ।हिन्दू धर्म धर्ममा गाइलाई गौमाता भनिन्छ र पूजा गरिन्छ ।गाइको गोबर, गौमुत्र, दूध, दही र घ्यु एकै ठाउँमा मिलाएर पञ्चगव्य बनाइन्छ।पञ्चगव्य हिन्दू धर्मका अनुसार अति पवित्र चिज हो। गाईको पिसाबलाई गौमुत्र अथवा गहुँत भनिन्छ । हिन्दू मान्यता अनुसार गोमुत्रले अपवित्रता नास गर्छ भन्ने रहेको छ ।कुनै पनि धार्मीक कार्यक्रम गर्दा गोमुत्र छर्केर पवित्र गराउने प्रचलन रहेको छ ।गाईको गहुँत पवित्र मानिन्छ र हिन्दु धर्मका देव तथा पितृ कार्यहरूमा गौमूत्रको ठूलो महत्व छ ।हुनत विज्ञानले समेत गहुँतको सेवनले मानिसका विभिन्न रोगहरू निको हुने भएकाले गहुँतलाई औषधि नै मानेको छ ।गाइ हिन्दुहरुको राष्ट्रिय जनावर हो ।साथै तेत्तीसकोटी देवता गाइको शरीरमा निवास गर्नुहुन्छ।भविष्य पुराणका अनुसार गाईको पीठमा ब्रह्मा निवास गर्छन्, गलामा भगवान विष्णु विराजमान हुन्छन् भने भगवान शिव मुखमा रहन्छन् ।
मध्य भागमा सवै देवीदेवताको बास हुन्छ । गाईको रौं रौमा महर्षिहरुको निवास हुन्छ भने पुच्छरमा अनन्त नाग, खुरमा सवै पर्वत, गोमूत्रमा गगां लगायतका पत्रिव नदी रहने धार्मिक वर्णन रहेको पाइन्छ ।गाईको आँखामा सूर्य र चन्द्रमा वास गर्छन् ।सवै मिलाएर गाईलाई पृथ्वी, ब्राह्मण तथा देवताको प्रतिक मानिन्छ । प्राचीन समयदेखि गोदानलाई सवैभन्दा ठूलो दान मानिएको छ र गाईको हत्यालाई सवैभन्दा ठूलो महापाप ।गाइलाई छाडा छोड्ने मान्छे जतिसुकै धर्मात्मा भए पनि , जति सुक्कै धनी भए पनि , मरे पछाडी तिनिहरू तिनै गाइका पापले सत्ताइस किसिमका डरलाग्दा नरकमा पर्दछन भन्नेकुरा श्रीमद्भागवत महापुराणमा समेत वर्णन रही आएको छ। गाइलाइ दुःख दिनु, मार पिट गर्नु, गोठबाट निकाल्नु भनेको आफुलाइ जन्माएकी आमालाइ घरबाटा नै निकाल्नु जत्तीकै घोर अपराध हो।जताततै जानेर वा अन्जानमा यदि कोही गृहस्थ गाइ प्रति दुव्यवहार गर्दछ भने त्यो निन्दित पशुतुल्य नराधम कोही पनि हुन सक्दैन । त्यसै कारण वैदिन कालबाट हिन्दू धर्म मान्नेहरुले गाईको पूजा गर्दै आइरहेका छन् ।गावो मे अग्रतःसन्तु , गावो मे सन्तु पृष्ठतः।
हिन्दुहरुका प्रत्येक कर्मकाण्ड र पूजाका काममा यो पञ्चगव्य नभई नहुने छ।पञ्चगव्यले कतिपय असुद्धलाइ सुद्ध बनाएर त्यसलाइ पान अरेमा आफुपनि सुद्धहुने तथा कतिपय रोगहरु समेत निवारण हुने काममाइ प्रयोग अरिन्छ ।गाइको गौंत सय मिलिग्राम जति कपडामा छानेर बिहान खाली पेटमी पियोभने कब्जियत,ग्यास्ट्रीक,मन्दाग्नी क्यान्सर लगायतका सबै पेटका रोगहरु बाट पनि मुक्त हुन सकिन्छ भन्ने कुरा आयुर्वेद शास्त्रहरुमा लेखेको पाइन्छ ।गाइका गोबरले लिपपोत गर्यो भने घर भित्र र आँखाले देक्न नसकिने किटाणु सवै नाश हुनका साथै घर भित्र पनि सुद्धताको आभास हुन्छ ।गाइको गोरस बाट देवतालाई चढाइने पञ्चामृत देवताहरुको संतुष्टीका लागी गरिने हवनकार्य गाइको घ्यु बाट मात्रै हुने गर्दछ ।घरमा गाइ पालिनु र गाइको सेवा गर्नु भनेको तेत्तीसकोटी देवतालाइ पाल्नु र तिनीहरुको सेवा गर्नु बराबर हो।गावो विश्वस्यमातरः अर्थात् गाइनै सबै विश्वकी आमा हुन् भन्ने कुरा वेदमा लेखिएको छ। हिन्दु जनमानसमा धार्मीक कार्य , यज्ञ–यज्ञादी तथा मृतकहरुको अन्त्येष्टिका काममा गाइको दान गर्नाले जीवित र मृतक मान्छकोे सजिलैसँग उद्धार र तर्दछ भन्ने विश्वास गरिन्छ। बैतरणी जस्ता घोर नरकहरु पार गराउने हुँदा गौदानको ठूलो महत्व छ।प्राचीन कालमा भगवान श्री कृष्ण आफु गाइका प्यारा गौ सेवक हुनुहुन्थ्यो ।हिन्दुहरूले गाईलाई लक्ष्मीको रूपमा मान्नेगर्दछन् । नेपालमा गाई तिहारको दिन गाईको पूजा धुमधामले गरिन्छ । दुध हामीले दैनिक जीवनमा प्रयोग गर्ने पौष्टिक पदार्थ हो । दुधले हाम्रो स्वास्थ्यमा निकै फाइदा पुर्याउनुका साथै मष्तिष्कलाई निकै फाइदा गर्छ । दैनिक रूपमा एक गिलास दुध पिउनाले मष्तिष्कलाइ निकै फाइदा गर्छ । गाईको दुध त्यसै कारणले पनि प्रसिद्ध छ।

वैज्ञानिकका अनुसार गाइ एकमात्र यस्तो प्राणी हुन्, जो अक्सिजन ग्रहण गर्छ र अक्सिजन नै छाड्छन् ।जबकी मानिस लगायत सबै प्राणी अक्सिजन लिन्छ र कार्बनडाईअक्साइड छाड्छ ।घरको आसपास गाई छ भने संक्रमण रोग, चिसो, कफ आदिको समस्या नहुने विश्वास गरिन्छ ।रक्षाबन्धनका दिन हातमा बाँधेको डोरो गाईको पुच्छरमा बाँधिदिनाले मृत्युपछिको कष्टमय सागर वा वैतरणी पार गर्न सजिलो हुने विश्वास छ ।गाइको बारेमा जति लेखे पनि लेख अधुरो नै रहने हुनाले सवै मिलेर गाइको संरक्षण गर्नु आजको आवस्यकता हो।
गोपाष्टमी पर्व सम्बन्धित प्रसिद्ध पौराणिक कथा !
किशोरावस्थामा भगवान श्रीकृष्णको आगमन।जब भगवान कृष्णले आफ्नो जीवनको छैटौं वर्षमा प्रवेश गर्नुभयो। त्यसपछि उहाँले आफ्नी आमा यशोदासँग जिद्दी गर्न थाल्नु भयो।उहाँ अहिले ठूलो भइसक्नु भएको छ र बाछो चराउनुको सट्टा गाईलाई चराउन चाहानु हुन्छ।भगवानको जिद्दीको अगाडि मैयाले हार मान्नुपरेको थियो र मैयाले उहाँलाई आफ्नो बाबा नन्द बाबाको अनुमति लिन पठाउनुभयो।भगवान कृष्णले नन्द बाबाको अगाडि जिद्दी गरे कि अब गाईलाई चराउँ छु ।नन्द बाबा शाण्डिल्य ऋषिको समक्ष गाई चराउने मुहुर्त हेर्नका लागि जानुभयो , धेरै अचम्म मान्दै ऋषिले भने, यो समय बाहेक अर्को वर्षसम्म मुहूर्त बाँकी छैन ।सायद परमेश्वरको इच्छा भन्दा पहिले के समय थियो? त्यो दिन अष्टमी तिथी परेको र कृष्णले गाईको सेवा गरेको हुनाले गोपाष्टमी भनिएको हो।जब श्रीकृष्णले गाई पूजा गरेर चराउन थाल्नु भयो । त्यस दिन आमाले कृष्णलाई धेरै सुन्दर बनाउनुभयो। मुकुट लगाएको,खुट्टामा घुङ्गरु लगाएर सुन्दर पादुका लगाउन दिनुभयो।तर कृष्णले ती पादुका लगाउनु भएन ।उहाँले आमालाई भन्नुभयो, यी सबै गाईहरू चरण पादुकाको खुट्टामा बाँधिदिनुहुन्छ भने मात्र म लगाउँछु ।आमा यो देखेर भावुक हुनुहुन्छ।कृष्णले आफ्नो खुट्टामा केही पनि नलगाई आफ्नो गाईलाई चराउन लैजानु हुन्छ ।गाईको सेवा ,प्रेम लिने भएकाले भगवान कृष्णलाई गोपाल वा गोविन्द पनि भनिन्छ ।
गोकुलमा भगवान श्रीकृष्णले गोवर्धन पर्वतको पूजा गरेको देखेर इन्द्रको क्रोध यसरी लगातार पानी पर्यो, जसबाट बच्न श्रीकृष्णजीले आफ्नो कान्छी औंलाले गोबर्धन पर्वतलाई ग्वाल ,वाल सवैको रक्षाको निमित्त कार्तिक शुक्ल प्रतिपदा तिथी देखि ७ दिन सप्तमी सम्म राख्नु भएको थियो।त्यसपछि अष्टमीको दिन इन्द्रले भगवानलाई सुरभी {कामधेनु}गाई द्वारा अभिषेक गरेर भगवानको नाम गोविन्द राख्नु भएको र प्रभुले औंलाले गोबर्धन पर्वतलाई तल राख्नु भएको थियो।। भगवान श्रीकृष्णले स्वयम् गौ माताको सेवा गर्दा गाईको महत्व सबैका अगाडि राख्नु भएको हुनाले सो वेला देखि गोपाष्टमी मनाउन थालिएको हो।
गोपाष्टमीसँग जोडिएको अर्को कुरा के हो भने राधा पनि गाई चराउन जंगलमा जान चाहन्थिन्, तर केटी भएकाले कसैले हो भनेनन् ।त्यसपछि राधालाई एउटा विचार आयो, गोठालाको लुगा लगाएर कृष्णसँग गाई चराउन जंगलमा गइन र गाइको सेवा गरिन। गाइको बारे भविष्य पुराण ,स्कन्द पुराण ,ब्रह्माण्ड पुराण ,महाभारतमा पनि गाईको शरीरका अंगहरूमा देवताहरूको स्थानको विस्तृत विवरण दिइएको छ।
शास्त्रमा भनिएको छ- ‘मातरः सर्वभूतानम् गौह’ अर्थात् गाई सबै प्राणीको माता हो।यसै कारण आर्य संस्कृतिमा फस्टाउँदै आएका शैव , शाक्त , वैष्णव , गणपत्य, जैन , बौद्ध , सिख आदि धर्मावलम्बीले पूजा गर्ने विधि र संस्कारमा भिन्नता भए पनि गाईको सम्मान गरेका छन् ।गाईलाई ‘गौमाता’ भनेर सम्बोधन गर्छौं । दैवी गुण गाई पृथ्वीमा जीवित देवी जस्तै भएको मालिकको विश्वास छ ।
सनातन धर्मको ग्रन्थमा भनिएको छ- ‘सर्व देव: प्रतिष्ठा देहे सर्वदेवमयी हि गौ:’। गाईको शरीरमा सबै देवताहरूको वास भएको कारणले यो सर्वव्यापी छ।
बिहान नुहाएर गाई छुने मानिसले पापमुक्त हुने जनविश्वास रहेको छ ।
संसारको सबैभन्दा पुरानो ग्रन्थहरू वेद हुन् र वेदहरूले पनि गाईको महत्त्व र यसको अंशहरूमा दैवी शक्तिहरू वर्णन गर्दछ।
महालक्ष्मी गाईको गोबरमा र भवानी गाई मूत्रमा निवास गर्नु हुन्छ।
गाईको खुरमा लागेको माटोको टिका निधारमा लगाएमा तीर्थमा स्नान गरेको सद्गुण प्राप्त हुन्छ। अर्थात् सनातन धर्ममा गाईलाई दूध दिने प्राणी मात्र नभई देवताको प्रतिनिधिको रुपमा लिइएको छ ।
गोपाष्टमी पूजा विधि
» बिहानै गाई र बाछोलाई नुहाएर तयार पारिन्छ ।उनको श्रृंगार गरिएको छ, खुट्टा वरिपरि घुङ्रुहरू बाँधिएको छ, अन्य गहनाहरू लगाइन्छ।
» गाई आमाको परिक्रमा पनि गरिन्छ । बिहानै गाईलाई परिक्रमा गरेपछि चराउन बाहिर लैजान्छन् ।
» यस दिन गाई गोठालाहरूलाई दान पनि दिइन्छ। धेरैले नयाँ लुगा दिएर तिलक लगाउँछन्।
» साँझपख गाई घर फर्केपछि फेरि पूजा गरिन्छ, राम्रो खाना खुवाइन्छ । विशेषगरी यस दिन गाईलाई हरियो घाँस, हरियो मटर र शखर खुवाइन्छ ।
जसको घरमा गाई छैन, उनीहरु गौशालामा गएर गाईको पूजा गर्छन्, गंगाजल, फूल चढाउँछन्, दियो बाल्छन् र शखर खुवाउँछन् । उनीहरुले गौशालामा खाद्यान्न र अन्य सामग्री पनि दान गरेका छन् ।जहाँ गाईको समूह बसेर आरामले सास फेर्दा त्यस स्थानको सौन्दर्य मात्र बढ्दैन, त्यहाँका सबै पाप नष्ट हुने जनविश्वास रहेको छ ।
जुन पुण्य तीर्थस्थलमा स्नान गरेर, ब्राह्मणहरूलाई खुवाएर, व्रत बसेर, जप गरेर र हवन-यज्ञ गरेर प्राप्त हुन्छ, त्यही पुण्य गाईलाई चारा वा हरियो घाँस खुवाएर प्राप्त हुन्छ।
गाईको सेवाले घरमा सुख-समृद्धि ल्याउनुका साथै दुःख-कष्ट हटाउँछ।
भक्तिपूर्वक गाईको पूजा गर्ने व्यक्तिसँग देवताहरू सधैं प्रसन्न हुन्छन्।
जुन घरमा खाना खानुअघि गाई-घाँस हालिन्छ त्यस घरमा खाना र धनको कमी हुँदैन।
गाईको गोबर र मूत्र को गुण
गाई एकमात्र यस्तो प्राणी हो जसको मल र पिसाब लाभदायक मात्र नभई पवित्र पनि मानिन्छ ।
गाईको गोबरमा लक्ष्मीको वास भएकोले यसलाई ‘गोवर’ अर्थात् गाईको वरदान भन्नु उपयुक्त हुन्छ ।
जमिनमा गाईको गोबरले लिप्दा मात्र यज्ञको लागि उपयुक्त हुन्छ ।
यज्ञशाला र पूजा स्थल र भान्छा घरमा गाईको गोबर प्रयोग गरिन्छ।
गाईको गोबरबाट बनेको खरानी कृषिका लागि निकै फाइदाजनक साबित हुन्छ ।
गाईको गोबरको मलले बालीमा सुधार ल्याउँछ र तरकारी , फलफूल र अन्नका प्राकृतिक तत्वहरूलाई पनि जोगाउँछ।
आयुर्वेदका अनुसार गाईको गोबरमा हैजा र मलेरियाका कीटाणु नष्ट गर्ने क्षमता पनि हुन्छ ।
आयुर्वेदमा गाईको पिसाब धेरै निको नहुने रोगको उपचारमा उपयोगी मानिन्छ ।
यो कलेजो रोगहरु को लागी एक अचम्मको औषधि हो। पेटको रोग, छाला रोग, पाइल्स , रुघाखोकी, जोर्नी दुख्ने, मुटुको रोगको उपचारमा गाईको पिसाबले अचम्मको फाइदा दिएको छ । यसको उचित सेवनले मोटोपना र कोलेस्ट्रोल पनि कम हुने गरेको पाइएको छ ।
गाईको दूध , दही , घिउ , गाईको गोबर र पिसाबबाट बनेको पञ्चगन्यले शरीर, मन र आत्मालाई शुद्ध बनाउँछ।
तनाव र प्रदुषणले भरिएको यस वातावरणको शुद्धिकरणमा गाईको भूमिका बुझेर गाईसम्पत्तिको रक्षा गर्न हामी तयार हुनुपर्छ, तब मात्र गोविन्द-गोपालको पूजा सार्थक हुनेछ ।गोपाष्टमी पर्वको मूल उद्देश्य गाईको प्रवर्धन गरेर सेवा गर्नु र हाम्रो ध्यानाकर्षण गराउनु हो । त्यसैले आजको युगमा यो पर्वको सान्दर्भिकता झनै बढेको छ ।
पं – बालमुकुन्द देवकोटा



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.