Advertisement

भारतमा थप ३१ हजार नयाँ सङ्क्रमित

0 200

Advertisement

भारतमा कोरोनाभाइरसबाट थप ३१ हजार ३८२ जना नयाँ सङ्क्रमित फेला परेका छन् । योसँगै भारतमा अहिलेसम्म तीन करोड ३५ लाख ९४ हजार ८०३ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् ।

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रबार बिहान दिएको जानकारी अनुसार नयाँ सङ्क्रमित मध्ये १९ हजार ६८२ जना केरलाका मात्रै रहेका छन् ।

भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरूको सङ्ख्या तीन लाख १६२ पुगेको छ । यो सङ्ख्या १८८ दिनपछिकै सबैभन्दा कम हो ।
पछिल्लो समय भारतमा महामारी निकै कम हुँदै गएको छ । नयाँ सङ्क्रमित भएकाहरू भन्दा सङ्क्रमणमुक्त भएकाहरूको सङ्ख्या धेरै देखिएकाले सक्रिय सङ्क्रमितहरुको सङ्ख्यामा कमी आएको हो ।

पछिल्लो २४ घण्टामा ३२ हजार ५४२ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएको अधिकारीहरूले जानकारी दिएका छन् ।
भारतमा अहिलेसम्म कुल तीन करोड २८ लाख ४८ हजार २७३ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् ।

कोरोनाका कारण भारतमा अहिलेसम्म चार लाख ४६ हजार ३६८ जनाको मृत्यु भएको छ । ती मध्ये ३१८ जनाको पछिल्लो एक दिनमा मृत्यु भएको मन्त्रालयले जनाएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.