सुकुम्बासी समस्या समाधान गर्ने अन्तिम मिति घोषणा गरियोस्ः विश्वप्रकाश शर्मा
१२ चैत, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद विश्वप्रकाश शर्माले नापी नभएको ठाउँको नापी खोल्न र अव्यवस्थित बासोबासको अन्तका लागि मिति तोक्न सरकारलाई आग्रह गरेका छन्।
प्रतिनिधि सभाको आइतबारको बैठकमा शून्य समयमा बोल्दै सांसद शर्माले सरकार समक्ष उक्त आग्रह गरेका हुन्।
‘नापी नभएको ठाउँमा अबिलम्व नापी सुरु गरियोस्। जनताले तिर्न नसक्ने कर घटाएर न्यून गरियोस्,’ सरकारसँग चार आग्रह गर्दै शर्माले भने, ‘कर सामायोजन सहित लालपूर्जा वितरण अघि बढाइयोस्। र, अव्यवस्थित बसोबास र सुकुम्बासी समस्या समाधान गर्ने अन्तिम मितिको सुविचारित घोषणा गरियोस्।’