Advertisement

लुम्बिनी प्रदेश सरकारबाट बाहिरियो माओवादी केन्द्र

0 26

Advertisement

१२ चैत, काठमाडौं । लुम्बिनी प्रदेश सरकारबाट माओवादी केन्द्र बाहिरिएको छ। आइतबार माओवादी केन्द्रका मन्त्रीहरुले मुख्यमन्त्री लिला गिरीलाई भेटेर राजीनामा बुझाएका हुन्।

माओवादी केन्द्रबाट भौतिक पूर्वाधार विकास मन्त्री भएका इन्द्रजीत थारुले आफूहरुले राजीनामा दिएको बताए। उनले सरकारलाई दिइएको समर्थन पनि फिर्ता लिइएको बताए।

एमाले नेतृत्वको तत्कालीन सत्ता गठबन्धनका दलहरुबीच पुस २४ गते भएको सहमतिअनुसार पुस २७ गते एमालेबाट गिरी मुख्यमन्त्री नियुक्ति भएका थिए।

मुख्यमन्त्री गिरीले माघ ५ गते विश्वासको मत लिएका थिए। उनको पक्षमा ५७ मत खसेको थियो। त्यस्तै, विपक्षमा २८ मत खसेको थियो। प्रदेश सभाका ८७ सदस्यमध्ये मतदानमा ८६ जना उपस्थित थिए।

तर राष्ट्रपति निर्वाचनको लागि माघ १२ मा कांग्रेस नेतृत्वमा नयाँ गठबन्धन बनेपछि पुस १० को गठबन्धन भत्किएको थियो। जसअनुसार, संघीय सरकारदेखि प्रदेश सरकारसम्म अदलबदल हुन थालेको छ।

माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री गिरीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ।

८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा विश्वासको मतका लागि ४४ सांसदको समर्थन चाहिन्छ। प्रदेश सभामा एमालेको २९ सिट मात्रै छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.