Advertisement

सीजी फुड पार्कमा भएको घटनाप्रति परिसंघको आपत्ति

0 8

Advertisement

२३ वैशाख, काठमाडौं । सीजी फुड पार्कमा शुक्रबार भएको आक्रमणको घटनाप्रति नेपाल उद्योग परिसंघले आपत्ति जनाएको छ ।

सीजी फुडमा कार्यरत कर्मचारीमाथि हातपात एवम भौतिक सम्पत्ति तोडफोड भएको घटना निन्दनीय रहेको परिसंघले जनाएको छ ।

देशकै प्रमुख औद्योगिक घराना चौधरी ग्रुपबाट सञ्चालित उद्योगमाथि भएको घटनामा संलग्न जो कोहीलाई कानुनी दायरामा ल्याउन परिसंघले माग गरेको छ ।

अहिलेको विषम परिस्थितिमा निरुत्साहित बनिरहेको निजी क्षेत्रको मनस्थितिलाई यस्ता घटनाले थप हतोत्साही बनाउने, लगानीको वातावरण बिग्रने र समृद्ध अर्थतन्त्रको प्रयासमा गम्भीर असर पार्ने भएकाले यस्ता कार्यलाई निरुत्साहित गर्न कडा रुपमा प्रस्तुत हुन नेपाल सरकार, प्रशासन एवम् सम्बन्धित सरोकारवालाको गम्भीर ध्यानाकर्षण गराइएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.