Advertisement

जलश्रोतको महत्वलाई बुझेर सही सदुपयोग गर्न आवश्यकः मन्त्री बस्नेत

0 11

Advertisement

१२ वैशाख, काठमाडौं । चौथो हिमालयन हाइड्रो एक्स्पो शुरु भएको छ। बुधबारबाट काठमाडौंमा तीन दिने हिमालयन हाइड्रो एक्स्पो सुरु भएको हो। एक्स्पोको उद्घाटन ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले गरे।

हिमालयन हाइड्रो एक्स्पोको उद्घाटनको अवसरमा स्काई टावरदेखि विद्युतीय सवारीसाधनहरुको र्‍याली भएको छ। र्‍यालीमा ३ सय भन्दा बढी विद्युतीय सवारीसाधनहरु रहेका छन्। स्काइ टावरबाट बानेश्वर हुँदै कोटेश्वर, सातदोबाटो, एकान्तकुना, कुपण्डोल, लैनचौरबाट प्रधानमन्त्री कार्यालय घुमेर भृकुटीमण्डपमा आएर र्‍याली सम्पन्न हुने र एक्स्पोका अन्य कार्यक्रमहरु शुरु हुने आयोजक स्वतन्त्र ऊर्जा उत्पादकहको संस्था (इप्पान)ले जनाएको छ।

एक्स्पोको उद्घाटन गर्दै उर्जामन्त्री बस्नेतले सरकारले आयोजना गरेको लगानी सम्मेलनलाई एक्स्पोले सार्थक बनाउने विश्वास व्यक्त गरे। उनले नेपालको जलश्रोतको महत्वलाई बुझेर सही सदुपयोग गर्न आवश्यक रहेको बताए।

उनले आगामी दिनमा सरकार, निजी क्षेत्रको हातेमालोबाट विद्युत् उत्पादनको क्षेत्रमा विकास र बिस्तारका लागि काम गर्ने प्रतिबद्धता जनाए।

उनले भने, ‘हामी सबैलाई थाहा छ, नेपाल सरकारले लगानी सम्मेलनको आयोजना गरेको छ। लगानी सम्मेलनको पूर्वसन्ध्यामा हिमालयन हाइड्रो एक्स्पोको आयोजना भइरहेको छ। यसले लगानी सम्मेलनलाई अझ सार्थक बनाउनेछ। नेपालको जलश्रोत जुन प्रकृतिको छ, यसको महत्व जुन प्रकारको छ, त्यही रुपमा सदुपयोग अझ गर्न थप काम गर्नुपर्ने आवश्यकता छ। आगामी दिनमा सरकार, निजी क्षेत्रको हातेमालोबाट यस क्षेत्रको विकास र बिस्तारको लागि काम गर्नेछौं।’

कार्यक्रममा बोल्दै स्वतन्त्र उर्जा उत्पादकहको संस्था (इप्पान) का अध्यक्ष गणेश कार्कीले लगानी सम्मेलनलाई सफल बनाउने उद्देश्यले हिमालयन हाइड्रो एक्स्पो आयोजना गरिएको बताए। उनले विद्युतीय सवारीसाधनहरुको र्‍याली नेपालमै धेरै विद्युत खपत गरौं भन्ने सन्देश दिन गरिएको बताए।

सरकारले सन् २०३५ सम्म १३ हजार मेगावाट बिजुली नेपालमा खपत गर्ने लक्ष्य लिएको भन्दै त्यसलाई सार्थक बनाउन एक्स्पोले भूमिका खेल्ने बताए।

उनले भने, ‘हामीले आजदेखि हिमालयन हाइड्रो एक्स्पो गर्दैछौं। नेपाल सरकारले पनि इन्भेष्टमेण्ट समिट गर्दैछ। त्यसको सफलताका लागि हामीले उद्देश्यका लागि गरेका छौं। इभी र्‍याली हाम्रो विद्युत हामीले नै खपत गरौं भन्ने उद्देश्यले गरेका हौं। नेपालमा थुप्रै बिजुली खपत गर्नुपर्नेछ। नेपाल सरकारले त झनै २०३५ सम्म १३ हजार मेगावाट बिजुली खपत गर्ने योजना लिएर अघि बढिरहेको छ। त्यसले गर्दा त्यही उद्देश्यलाई पूरा गर्न इभीलाई प्रोत्साहन गर्नका लागि र्‍याली गरेका हौं। इलेक्ट्रोनिक उद्योगलाई सहयोग पुग्नेछ भन्ने उद्देश्यबाट यो समिट गर्न लागेका हौं।’

अध्यक्ष कार्कीले जलविद्युत र उर्जासँग सम्बन्धित सामानहरु प्रदर्शनी गर्ने र बेच्ने भन्दा बाहेकका कुराहरु विगतमा नहुने गरेको भएपनि यस पटकको मेलामा भने विभिन्न चरणमा ऊर्जा क्षेत्रका समस्या, समाधान, लगानीका बारेमा विस्तृत रुपमा छलफल हुने र अन्ततः लगानी सम्मेलनलाई एक्स्पोले सहयोग पुर्‍याउने विश्वास रहेको बताए।

सन् २०३५ सम्ममा सरकारले लिएको २८ हजार ५ सयको विद्युत उत्पादनको योजना सफल बनउनका लागि पनि एक्स्पोले भुमिका खेल्ने बताए। अध्यक्ष कार्कीले नेपालमा लगानी गर्ने राम्रो वातावरण रहेको सन्देश विदेशी लगानी कर्ताहरुलाई दिन आवश्यक रहेको बताए।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.