Advertisement

भारतद्वारा नेपालगन्जमा निर्माण गरिएको आइसीपी नेपाललाई हस्तान्तरण

0 8

Advertisement

१० वैशाख, काठमाडाैं । उद्घाटन भएको करिब एक वर्षपछि भारत सरकारले नेपालगन्जमा निर्माण गरिएको एकीकृत जाँच चौकी ९आइसीपी० नेपाललाई हस्तान्तरण गरेको छ ।

गत जेठ २० गते नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमण गरेको बेला भारतको नयाँ दिल्लीबाट दुबै देशका प्रधानमन्त्रीहरु नरेन्द्र मोदी र प्रचण्डले सो आइसीपीको संयुक्त रूपमा उद्घाटन गर्नु भएको थियो । तर, निर्माणका धेरै काम पुरा नभएकोले भारतले नेपाललाई हस्तान्तरण गरेको थिएन ।

हाल आएर निर्माणका सबै काम करिब सम्पन्न भइसकेको र आइसीपी सञ्चालनका लागि चौतर्फी दबाब सृजना भएपछि भारतले नेपाललाई हस्तान्तरण गरेको नेपाल इन्टर मोडेल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष् गजुरले बताए।

उनका अनुसार भारत सरकारको निर्माण परियोजना राईटस लिमिटेडका महाप्रबन्धक गुलाब प्रजापतिले एक समारोहका बिच नेपाल सरकारको सङ्घीय आयोजना कार्यान्वयन इकाई बाँकेका प्रमुख विजय केशर खनाललाई आइसीपी हस्तान्तरण गरे।

भारतबाट आइसीपी हस्तान्तरण भए लगत्तै सङ्घीय आयोजना कार्यान्वयन इकाई बाँकेका प्रमुख खनालले आइसीपीलाई नेपाल इन्टर मोडेल यातायात विकास समितिका निर्देशक युवक डङ्गोललाई हस्तान्तरण गरे।

नेपाल इन्टर मोडेल यातायात विकास समितिले आइसीपी सञ्चालनको जिम्मा पाएको टिआरएस एटलस लोजिकपाट प्रालिका प्रतिनिधि अमित गुप्तालाई हस्तान्तरण गरेर छिटो भन्दा छिटो सञ्चालनमा ल्याउन आग्रह गरेको छ। १५ दिनभित्र आइसीपी सञ्चालनमा ल्याउने गरी तयारी सुरु गरिएको टिआरएस एटलस लोजिकपाट प्रालिका प्रतिनिधि गुप्ताले बताए।

भारत सरकारको सहयोगमा सन २०२० नोभेम्बर २५ देखि निर्माण सुरु भएर २०२३ जुन ३ मा उद्घाटन गरिएको सो जाँच चौकीको निर्माण करिब दुई अर्ब भारतीय रुपैयाँ लागतमा राजदीप बिल्डकन निर्माण कम्पनीले गरेको हो ।

नेपाल भारत सिमानाको रुपैडिहा र नेपालगन्जमा ८८ बिघा क्षेत्रमा फैलिएको आइसिपीमा भन्सार, अध्यागमन, प्लान्ट तथा पशु क्वारेनटाइन, बैङ्क, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, नेपाल प्रहरी र सशस्त्र प्रहरीको ब्यारेक लगायत कर्मचारीहरूको आवास गृहको पनि निर्माण गरिएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.