Advertisement

नेपाल ग्रामीण चलचित्र महोत्सवको ‘प्रि-इभेन्ट सम्पन्न, छनोट भएका सिनेमालाई प्रमाणपत्र

0 12

Advertisement

०४ वैशाख, काठमाडौं। सोमबार ‘तेस्रो नेपाल ग्रामीण चलचित्र महोत्सव’ मा छनोट भएका सिनेमालाई प्रमाणपत्र प्रदान गरिएको छ। नेपाल पर्यटन बोर्ड काठमाडौंमा आयोजित महोत्सवको प्री इभेन्टको कार्यक्रममा उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले छनौट भएका सिनेमालाई प्रमाणपत्र प्रदान गरे।

‘आफ्नै गाउँ, आफ्नै ठाँउ, आफ्नै भाषा, आफ्नै चलचित्र’ भन्ने मूल नाराका साथ सेलीब्रेटी नेपालको आयोजनामा महोत्सव यहि वैशाख ६ देखि ८ गते सम्म रामेछाप नगरपालिका वडा नम्बर ८ रामेछाप गौरी शंकर माविमा हुनेछ।

प्रमाणपत्र वितरणपछि मन्त्री भण्डारीले चलचित्र क्षेत्रलाई सरकारले आवश्यक सहयोग गर्ने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले प्रतिबद्धता जनाए। उनले कलाकार नै देशको गहना भएकाले सरकारले कलाकार र चलचित्र क्षेत्रलाई उद्योगको रुपमा विस्तार गर्ने लक्ष्य रहेको बताए।

चलचित्रले सामाजिक विषयवस्तुलाई कथा मार्फत उजागर गर्ने माध्यम रहेको भन्दै प्रशंसनिय कार्य रहेको उल्लेख गरे। महोत्सव आयोजक सेलिब्रेटी नेपालका अध्यक्ष रघुनाथ सापकोटाले महोत्सवमा गाउँ र गाँउले सेरोफेरोका कथावस्तुमा आधारित चलचित्र समेट्ने गरेको बताए।

उनले नेपाल ग्रामीण चलचित्र महोत्सवले विगत ३ वर्षदेखि नेपालको सिनेमा घर नभएको जिल्लाहरुमा गाउँले परिवेशमा निर्माण गरिएका शर्ट फिल्म, डकुमेन्ट्री र फिचर फिल्मलाई सहभागी गराएर गाउँ गाउँका दर्शकहरु समक्ष अत्याधुनिक प्रविधिमा स्क्रिनिङ्ग गर्ने र उत्कृस्ट फिल्मलाई अवार्ड समेत प्रदान गरिदै आएको उनले बताए।

फिल्म स्क्रिनिङ्गसंगै ग्रामीण परिवेशलाई समेटेर कस्ता फिल्म बनाउने र कस्ता फिल्मले दर्शकको साथ पाउनेछ भन्ने विषयमा अन्तरक्रिया, कार्यशाला गोष्ठी तथा पर्यटन प्रबर्धनसंगै नेपाली चलचित्रलाई ग्रामीण बजारमा पुर्‍याउने उदेश्य रहेको उल्लेख गरे। नेपाल ग्रामीण चलचित्र महोत्सवले भाषा तथा संस्कृतिको आदान प्रदानको लागी पनि बिशेष भूमिका खेल्ने उनले बताए।

पहिलो वर्ष गोरखाको लाप्राकमा भएको महोत्सव दोस्रो पटक काभ्रे जिल्लाको भकुण्डेबेसीमा सम्पन्न भएको थियो। महोत्सवका संयोजक कमल एक्चै मगर रहेका छन् उनले आफ्नै गृह जिल्ला रामेछापमा महोत्सव हुँदा खुसी लागेको बताए।

महोत्सवमा चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष दयाराम दाहालको संयोजकत्वमा जुरी कमिटि रहेको थियो। जुरीमा गणेश पाण्डे,भरत रेग्मी,ज्योतिराज राई र कुबेरराज गिरि रहेका छन्।

नेरुफमा छनोट भएका फिल्महरु
फिचर फिल्म
नाङ्गो गाउँ : दिपेन्द्र लामा
दिमाग खराब : निश्चल बस्नेत
बिच्छेद : सत्यराज चौलागाईँ
सतीदेवी : लक्ष्मण सुवेदी

शर्ट फिल्म
द डार्क बेकन : पवन केसी
सिगरेट : डब्बु क्षेत्री
सिपाईको छोरो : सुरज पौडेल
द ग्रेट मुखिया : असिम पौडेल
डिस्पेयर : शिव पुरी
रित्तो गाउँ : रामजी ज्ञावाली
आमा : परिच्छेद सेन
स्यालुट : अनुपराज राई
अन्तै माया : रणधीर श्रेष्ठ

डकुमेन्ट्री फिल्म
आग्रे : अनिल बुढा मगर
स्नो लेपार्ड : प्रदीप पोखरेल
इट्टा भट्टा : सुरेश डी मुखिया
बनकरिया : लक्ष्मी सुवेदी

भाषिक फिल्म
लिलामे माइला : भिम लामा
माराङ : बुद्धिया एस मगर
स्वयनगु : अमृतमान महर्जन



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.