Advertisement

स्वस्थकर मासुबारे जनचेतना जगाउन सञ्चारकर्मी नरेश र भ्याली ग्रुपबीच सहकार्य

0 7

Advertisement

०३ वैशाख, काठमाडौं । भ्याली ग्रुपको ब्रान्ड एम्बेसडरमा सञ्चारकर्मी नरेश भट्टराई नियुक्त भएका छन्। बालाजुमा रहेको ग्रुपको कर्पोरेट कार्यालयमा ग्रुपका संस्थापक अध्यक्ष हरिकृष्ण रावलले सोमबार उनलाई ब्राण्ड एम्बेसडरमा नियुक्तीको सम्झौता पत्र हस्तान्तरण गरेका हुन्।

विसं २०४१ मा सुपथ मूल्यमा गुणस्तरीय मासुजन्य व्यापार गर्ने उद्देश्यले स्थापित भ्याली कोल्ड स्टोर प्रालिबाट सुरु भएको भ्याली ग्रुप अहिले मासु प्रशोधनसँगै आधुनिक दाना उद्योग, आधुनिक ह्याचरी उद्योग, पोल्ट्रीसँगै भ्याली एक्सप्रेसको ब्राण्डमा फास्टफुड चेन रेष्टुरेन्टमा समेत सफल व्यावसायिक समूह बनिसकेको छ।

मासुजन्य व्यापारसँग सम्बन्धित मुलुकका विभिन्न स्थानमा फिड इण्डष्ट्रीहरु, ह्याचरी उद्योग, आधुनिक वधशाला र फाष्ट फुड चेन सञ्चालन गरिरहेको भ्याली ग्रुप पोल्ट्री व्यवसाय सम्बन्धी खोज र अनुसन्धानमा समेत संलग्न छ।

भ्याली ग्रुपको उत्पादनसँगै स्वस्थकर मासुको उपभोगमा जनचेतना जगाउन सहकार्य गर्दै सञ्चारकर्मी भट्टराईलाई कम्पनीले ब्राण्ड एम्बेस्डरको रुपमा सहकार्य गरिएको भ्याली ग्रुपका अध्यक्ष रावलले बताए।

‘हाम्रो उदेश्य स्वस्थकर र गुणस्तरिय मासुजन्य सामाग्री लगायतको प्रवर्द्धन गर्नु हो,’ रावलले भने, ‘सञ्चारकर्मी भट्टराइसँगको सहकार्यले आम उपभोक्तामा स्वस्थकर मासुजन्य सामाग्रीको उपभोगबारे चेतना बढ्ने हाम्रो विश्वास छ।’

सञ्चारकर्मी भट्टराईले भ्याली ग्रुपसँग आवद्ध हुन पाएकोमा खुसी व्यक्त गर्दै कम्पनीको साखसँगै स्वस्थकर मासुको उपभोगका लागि उपभोक्ताहरुलाई सचेत र जागरुक गराउन प्रयास गर्ने बताए।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.