Advertisement

वामपन्थी एकताले सरकार बन्छ न देश चल्छ : ओली

0 10

Advertisement

३ वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वामपन्थी एकताले अहिले सरकार पनि नबन्ने र देश पनि नचल्ने बताएका छन् ।

एमाले संसदीय दलको सोमबार बसेको बैठकमा अध्यक्ष ओलीले कम्युनिस्ट आन्दोलनलाई एकतावद्ध बनाउने काम आफूहरुको भएको बुझेको बताए । त्यही बुझेर नै विस्तार र एकताबाट दुई तिहाइको अवस्थामा पु¥याएको भन्दै उनले भने, ‘त्यसलाई तोडेर आन्दोलन कमजोर भयो ।’

अहिले भने सुशासन समृद्धिको बाटोतर्फ अगाडि बढ्ने, नराम्रो काम गर्दिनँ भन्ने प्रतिवद्धता जनाउने राष्ट्रिय शक्तिको एकता आवश्यक रहेको उनले बताए । एमाले अध्यक्ष ओलीले भने, ‘आज वामपन्थी एकता भन्ने कुराले न सरकार बन्छ, न देश चल्छ ।’

वामपन्थी भन्ने, भोट चाहिँ कांग्रेसलाई हाल्नेहरुसँग एकता गरेर पार्टी बलियो नहुने बताए । उनले अगाडि भने, ‘यस्ता शक्तिहरुसँग एकता गरेर पार्टी बलियो हुन्छ भन्ने भ्रम राख्नु हुँदैन । पार्टी बलियो बनाउन संगठन विस्तार गर्नुपर्छ, सुदृढ गर्नुपर्छ ।’

यसको अर्थ एकता नै गर्दैन भन्ने नभएको बताए । ‘एकता परेका बखत गर्छौं, तर छानेर’ उनले भने, ‘पार्टी विगार्ने अवसरको खोजीका लागि कुनै एकता हुँदैन । आन्दोलनको हित नहुने गरी कसैलाई अवसर उपलब्ध गराउँदैनौं ।’



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.