Advertisement

अब एपबाटै निःशुल्क ब्रिज कोर्स पढ्न सकिने

0 14

Advertisement

२७ चैत, काठमाडाैं । एसईई सकिएपछि र प्लस टु सुरु हुनु अगिको खाली समय सदुपयोग गर्नका लागि प्राय जसो विद्यार्थी ब्रिज कोर्स गर्नमा चासो राखी रहेका हुन्छन्। तर पछिल्लो समय एकातिर ब्रिज कोर्सको शुल्क महँगिँदै गइरहेको छ भने अर्को तिर विभिन्न स्थानीय निकायहरूले ब्रिज कोर्स प्रतिबन्ध नै गरेका छन्।

यसले विद्यार्थीहरूलाई असुविधा पर्नुका साथै खाली समयमा कसरी आफ्नो पढाइलाई निरन्तरता दिने भन्ने दुबिधा रहेको पाइन्छ। यसको राम्रो विकल्प हुन सक्छ ओपन लर्निङ्ग फाउन्डेसनले सञ्चालनमा ल्याएको एप तथा वेबसाइट nepaledu.org बाट निःशुल्क र घर बसी बसी नै ब्रिज कोर्सका रेकर्डेड क्लासहरू हेर्न सकिन्छ।

ओपन लर्निङ्ग फाउन्डेसन नेपालमा शिक्षाको पहुँच बढाउने उद्देश्यले इ–लर्निङ्ग क्षेत्रमा कार्यरत एक संस्था हो। यसले सञ्चालनमा ल्याएको वेबसाइट तथा एपमा विभिन्न संकायका विषयहरू छन् जुन सबै विद्यार्थीका लागि निःशुल्क रहेको छ। विद्यालय तहको १ कक्षा देखि लोकसेवा तयारी सम्मका विषयहरू अध्ययन गर्न सकिने यो एपमा ब्रिज कोर्सका विषयहरू भने हालसालै उपलब्ध गराइएको हो।

ओपन लर्निङ्ग फाउन्डेसनका सञ्चालक बिन्दु राज तिमिल्सिनाका अनुसार एपमा सातवटा संकायका ३७ वटा कोर्स राखिएका छन्। साइन्स र म्यानेजमेन्ट बाहेक यसमा हेल्थ असिस्टेन्ट, फार्मेसी, इन्जिनियरिङ, डेन्टल साइन्स, पी.सी.एल नर्सिङ आदि संकायका विषयहरूका ब्रिज कोर्स पनि यस एपमा अध्ययन गर्न सकिन्छ।

सञ्चालक बिन्दु राज तिमिल्सिनाका अनुसार विद्यार्थीको सुलभता र जहाँ कहीँबाट पनि उनीहरू प्लस टुको तयारी गर्न सकुन् भन्ने उद्देश्यले रेकर्डेड कक्षाहरू राखिएका हुन्। ब्रिज कोर्सका कक्षा सञ्चालनमा नरहेका ठाउँका विद्यार्थीहरू पनि अब वञ्चित हुन नपर्ने उनी बतउँछन्।

उनका अनुसार अबको डिजिटल युगमा शिक्षालाई अझ प्रभावकारी बनाउनका लागि इ–लर्निङ्गको भूमिका महत्त्वपूर्ण रहेको छ। ब्रिज कोर्सका कक्षा सँग सँगै लभउबभिमग.यचनले अन्य धेरै कोर्सहरू पनि तयार परिरहेको छ । यी कोर्सहरू पनि विद्यार्थीका अध्ययनका लागि छिट्टै नै एपमा उपलब्ध हुने बताइएको छ । यसमा हाल उपलब्ध रहेको कोर्स तथा ब्रिज कोर्सका विषयहरू अध्ययन गर्नका लागि कम्प्युटरबाट www.nepaledu.org मा गएर वा फोनमा यसको एप डाउनलोड गरेर निःशुल्क अध्ययन गर्न सकिन्छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.