Advertisement

सुनको भाउ फेरी ऐतिहासिक बिन्दुमा, बुधबार सुन किन्नेले १ लाख ३३ हजार खर्चिनुपर्ने

0 23

Advertisement

२१ चैत, काठमाडाैं । बुधबार सुनको भाउ ऐतिहासिक बिन्दुमा कारोबार भइरहेको छ । मंगलबार ४०० रुपैयाँले घटेको सुनको भाउ बुधबार १ हजार ८०० रुपैयाँ बढेर रेकर्ड कायम गरेको हो ।

बुधबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ३३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाला सुनको भाउ १ लाख ३१ हजार २०० रुपैयाँ तोकिएको थियो । यसअघि चैत १९ गते प्रतितोला १ लाख ३१ हजार ६०० रुपैयाँ पुगेर सुनको भाउले ऐतिहासिक बिन्दु कायम गरेको थियो ।

विगत केही महिनादेखि नै सुन र चाँदीको भाउ निरन्तर उकालो यात्रामा रहेको छ । अमेरिकी डलरको मूल्यमा देखिएको मजवुतिसँगै त्यसको प्रभाव सुनको मुल्यमा पर्दै गएको बिश्लेषकहरुले बताएका छन् । विश्वका केन्द्रीय बैंकहरूले विगतमा उच्च दरले खरिद बढाउँदा सुनको भाउमा वृद्धि भइरहेको व्यवसायीहरु बताउँछन् ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तेजावी सुन प्रतितोला १ लाख ३२ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार तेजावी सुन प्रतितोला १ लाख ३० हजार ५५० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, मंगलबार चाँदी प्रतितोला १ हजार ६१० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला १ हजार ५४५ रुपैयाँमा कारोबार भएको थियो । बुधबार चाँदीको मूल्य प्रतितोला ६५ रुपैयाँ बढेको छ । चाँदीको यो मूल्य पनि हालसम्म कै उच्च रहेको महासंघले जनाएको छ ।

अन्तराष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । अन्तराष्ट्रिय बजारमा बुधबार सुन प्रतिऔंस सुन २ हजार २८५ दशमलव ७९ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २६ दशमलव ३९ डलरमा कारोबार भइरहेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.