बालमन्दिरको जग्गा विवाद: २० जनाविरुद्ध पक्राउ पुर्जी जारी
२७ वैशाख, काठमाडौं । बालमन्दिरको जग्गा विवादमा मुछिएका २० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।
केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीमा जाहेरि परेपछि पुर्जी जारी भएको प्रवक्ता होबिन्द्र बोगटीले बताए।
बालमन्दिरका नाममा ११९ रोपनी १२ आना ३ पैसा जग्गा दुरुपयोग भएको भनिएपनि कुनै उजुरी परेको थिएन।