Advertisement

नयाँ वर्षमा सेगवेको इ–स्कुटर किन्दा २५ हजार छुट पाइने

0 14

Advertisement

१९ चैत, काठमाडाैं । सेगवे–नाइनबोटकोे नेपालका लागि आधिकारिक वितरक आईहबले नयाँ वर्षका लागि विशेष अफर ल्याएको छ । कम्पनीले नेपाली नयाँ वर्ष २०८१ को अवसर सेगवेका इ–स्कुटरहरूमा विशेष अफर ‘न्यु एयर न्यु अफर २०८१’ ल्याएको हो ।

चैत १९ गदेखि आउदो वैसाख १८ गतेसम्मका चल्ने अफरमा सेगवेका विभिन्न मोडलहरूमा विशेष नगद छुट पाउनका साथै क्लब हिमालय नगरकोटमा एक रातको बसाई जित्ने मौका पाउने छन् ।

नेपाली बजारमा इलेक्ट्रिक स्कुटरको लोकप्रिय सेगवेकाइ–स्कुटरहरु विशेष अफरमा ग्राहकहरूले चयन गर्ने मोडेलहरूमा आकर्षक नगद छुटहरू प्राप्तगर्न सक्नेछन् । विशेष गरी, ई १२५ र ई ११० एल २५ हजार रुपैयाँसम्म, ई १०० मा २० हजार रुपैयाँसम्म र एन १०० मा १५ हजार रुपैयाँसम्म विशेष नगद छुट प्राप्त गर्न सक्नेछन् ।

यसका साथै थप, सेगवले ग्राहकहरूलाई क्लब हिमालय नगरकोटमा १ रात २ दिनको बसाइ र स्कूटरका एक्सेसरीजहरू जित्ने मौका प्रदान गरिएको छ ।

उपत्यका भित्रका राइजिङ मल, दरबारमार्ग, झम्सीखेल, ललितपुर र सल्लाघारी–भक्तपुर लगायत उपत्यका बाहिरका पोखरा, बुटवल, चितवन, हेटौंडा, धनगढी, इटहरी र लहानमा शोरुममा गई यस अफरको फाइदा ग्राहकले लिन सक्नेछन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.