Advertisement

२०१८ अंकमा झर्‍यो सेयर बजार, उत्पादनमा उच्च गिरावट

0 12

Advertisement

१८ चैत, काठमाडौं । साता कारोबारको पहिलो दिन आइतबार सेयर बजारको परिसूचक नेप्से २०१८ अंकमा झरेको छ । अघिल्लो कारोबार दिनको तुलनामा नेप्से १७.३० अंक घटेको हो । कुल ३ अर्ब २० करोड रुपैयाँको कारोबार भयो । ६३ कम्पनीको मूल्य बढ्दा १७२ को घट्यो भने १० को स्थिर रह्यो ।

उत्पादन समूह सबैभन्दा धेरै ३.६५ प्रतिशत घट्यो । सर्वोत्तम सिमेन्ट कम्पनीको मूल्य १० प्रतिशत तथा बोटलर्स नेपाल बालाजुको ७.६ प्रतिशत घटेपछि यो समूह सबैभन्दा धेरै प्रभावित भएको हो । बैंकिङ ०.५३, विकास बैंक १.०९, फाइनान्स ०.६२, होटल तथा पर्यटन ०.७६, हाइड्रोपावर ०.०८, लगानी ०.७९, जीवन बीमा ०.९९, उत्पादन ३.६५, माइक्रोफाइनान्स १.२०, अन्य ०.७१ र ब्यापार समूह १.७४ प्रतिशत घटे । निर्जीवन बीमा समूह भने ०.१२ प्रतिशत घट्यो ।

मायाखोला हाइड्रोपावर कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । उन्नती सहकार्य लघुवित्तको ७.७४, मन्दाकिनी हाइड्रोपावरको ७.०८, राप्ती हाइड्रोको ६.४३, इङवा हाइड्रोको ६.४, विन नेपाल लघुवित्तको ५.८ प्रतिशत मूल्य बढ्यो ।

अघिल्ला ७ कारोबार दिनसम्म १० प्रतिशत मूल्य बढेको सर्वोत्तम भने आज १० प्रतिशत नै घटेर ९७४ रुपैयाँ ५० पैसामा कायम भयो । त्यस्तै बोटलर्स नेपाल बालाजुको ७.६, सीवाईसी लघुवित्तको ५.८, समाज लघुवित्तको ५.७ र थ्रीस्टार हाइड्रोको ५.३ प्रतिशत मूल्य घट्यो ।

कारोबार रकमका आधारमा सर्वोत्तम सिमेन्ट, गोर्खाज फाइनान्स, शिवम् सिमेन्ट, हाथवे इन्भेस्टमेन्ट कम्पनी र रिभरफल्स पावर क्रमशः अगाडि रहे । सर्वोत्तमको २८ करोड ६८ लाख रुपैयाँ बराबरको कारोबार भयो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.