Advertisement

थाइल्याण्डमा गाँजाको प्रयोगमा फेरि प्रतिबन्ध लगाउने तयारी

0 8

Advertisement

२७ बैशाख, बैंकक थाइल्याण्डका प्रधानमन्त्री श्रेथा थाभिसिनले गाँजाको प्रयोगलाई फेरि देशमा गैरकानुनी बनाउने बारेमा सोचिरहेको बताएका छन् । ठुलो सङ्ख्यामा युवा गाँजाको लतमा फसेको र यसका कारण देशको भविष्य बरबाद भइरहेको उनको भनाइ छ ।

उनले गाँजालाई स्वास्थ्य र औषधीय प्रयोगमा मात्रै सीमित राख्नुपर्ने बताए । थाइल्याण्डमा दुई वर्षअघि मात्र गाँजामाथिको प्रतिबन्ध हटाइएको थियो। त्यसो गर्ने यो एसियाकै पहिलो देश थियो।

देशमा गाँजा व्यवसायलाई कानुनी मान्यता दिएपछि थाइल्याण्डमा लागु औषधको साम्राज्य फस्टाउन थाल्यो । सन् २०२५ सम्ममा यो उद्योग एक अर्ब डलरभन्दा बढी हुने अनुमान गरिएको छ ।

थाइल्याण्डमा सन् २०२२ को जुनसम्म गाँजा राखेमा ५ वर्षसम्मको सजायको व्यवस्था थियो र त्यसलाई खेती गरे १५ वर्षसम्मको जेल सजाय हुनसक्ने व्यवस्था थियो । जबकि अन्य लागु औषध अपराधमा मृत्युदण्डको सजाय थियो।

थाई राजनीतिमा गाँजा महत्त्वपूर्ण मुद्दा भएको छ। विपक्षी दलले ऐन ल्याउन हतार गरेको भन्दै नियम र निर्देशिकाबारे जनतामा अन्योल सिर्जना भएको बताएका छन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.