Advertisement

२०७० अंकमा झर्‍यो सेयर बजार, तीन समूहका सूचक बढे

0 17

Advertisement

०४ चैत, काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारको परिसूचक नेप्से दोहोरो अंकमा झरेको छ । अघिल्लो दिनको तुलनामा १०.६२ अंक घटेर नेप्से २०७० अंकमा कायम भएको हो । कुल ३ अर्ब ३८ करोड रुपैयाँ बराबरको कारोबार भयो । ८४ कम्पनीको मूल्य बढ्दा १५० को घट्यो भने १० को स्थिर रह्यो ।

विकास बैंक समूह सबैभन्दा धेरै ०.८२ प्रतिशत बढ्यो भने होटल तथा पर्यटन समूह उच्च दर १.५६ प्रतिशत घट्यो । तीन समूहका सूचक बढे भने अरु सबै घटे । विकास बैंक ३३, फाइनान्स ११ र उत्पादन समूह २० अंक बढे । बैंकिङ ७, होटल तथा पर्यटन ८३, हाइड्रोपावर २९, जीवन बीमा २०, माइक्रोफाइनान्स १, निर्जीवन बीमा २४, अन्य १८ र ब्यापार समूह १२ अंक घटे ।

सप्तकोशी विकास बैंकको मूल्य १० प्रतिशत बढ्यो । गुराँस लघुवित्तको ९.५, मानुषी लघुवित्तको ८.७, स्वाभिमान लघुवित्तको ७.४, ग्रिन डेभलपमेन्टको ६.७ प्रतिशत मूल्य बढ्यो । विन नेपाल लघुवित्तको मूल्य ७.८ प्रतिशत घट्यो ।

किसान लघुवित्तको ५.२, युनियन हाइड्रोपावर ४.६, दोल्ती पावरको ४.३, घलेम्दी हाइड्रोको ३.९ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, सोनापुर सिमेन्ट, माथिल्लो तामाकोशी, घोराही सिमेन्ट, गोर्खाज फाइनान्स क्रमशः अगाडि रहे ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.