Advertisement

मलावीमा भीषण बाढीः एक जनाको मृत्यु, हजारौं विस्थापित

0 6

Advertisement

२० फागुन, मलावी। मलावीमा आएको भीषण बाढीका कारण एक जनाको मृत्यु हुनुका साथै हजारौँ विस्थापित भएका छन्।

दुई जिल्लाहरू– मध्यक्षेत्रको न्खोटाकोटा र उत्तरी क्षेत्रको करोंगामा बढी क्षति भएको छ । बाढीका कारण न्खोटाकोटामा मात्रै सात हजारभन्दा बढी विस्थापित भएको र विस्थापितलाई जिल्लाका नौ वटा शिविरमा सारिएको विपद् व्यवस्थापन विभाग (डीओडीएमए) ले जनाएको छ ।

दुवै जिल्लामा घर तथा व्यापारिक संरचना ध्वस्त हुनुका साथै धान, कासवा, मकैलगायतका बालीसहितको हजारौँ हेक्टर खेतीयोग्य जमिन बगाएको छ ।

लगातारको वर्षाले सडक र पुलमा थप क्षति पुर्‍याएको र प्रभावितलाई अत्यावश्यक सेवा पुर्‍य ाउने काममा अत्यधिक असर परेको बताइएको छ । मलावी तालको किनारमा अवस्थित न्खोटाकोटा र करोंगा जिल्ला बाढीको जोखिममा पर्छन् ।

सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.