Advertisement

सर्वोत्तम सिमेन्टको आईपीओ बुधबार बाँडफाँड गर्ने तयारी, आइतबार प्रि–अलटमेन्ट हुँदै

0 15

Advertisement

१८ फागुन, काठमाडाैं । बुक बिल्डिङ्गबाट पहिलो कम्पनीको रुपमा आईपीओ जारी गरेको सर्वोत्तम सिमेन्टको सेयर फागुन २३ गते बुधबार बाँडफाँडको तयारी गरिएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार सिमेन्टको आइतबार प्रि–अलटमेन्ट गरी बुधबार बाँडफाँड गर्नेगरी प्रकृया अगाडि बढाइएको हो ।

आइतबार प्रि–अलटमेन्ट गरी सर्वसाधारणमा बाँडफाँड गर्न स्वीकृतिका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिने र बोर्डबाट स्वीकृति भएर बुधबार सेयर बाँडफाँड गरिने क्यापिटल स्रोतले जानकारी दिएको छ ।

कम्पनीको आईपीओमा उच्च आवेदन परेकाले प्रति १९ जनामध्ये १ जनाले मात्र ५० कित्ताका दरले आईपीओ हात पार्नेछन् भने १८ जनाको दरले हात खाली हुनेछ । कम्पनीको आईपीओ कुल ५५ हजार ५२१ जना आवेदकले मात्रै पाउनेछन् । सेयर पाउनेमध्ये २६ जनाले थप १ कित्ताका दरले ५१ कित्ता हात पार्नेछन् ।

केन्द्रीय निक्षेप प्रणाली (सिडिएससी) का अनुसार अन्तिम दिनसम्ममा कुल १० लाख १५ हजार २११ ओटा आवेदनबाट मागको तुलनामा १९.३७ गुणा बढी अर्थात ५ करोड ३७ लाख ७७ हजार ८७० कित्ताको माग परेको छ । यो प्रारम्भिक तथ्याङ्क हो । प्रमाणिकरण तथ्याङ्क आउँदा रद्द आवेदक घट्ने हुँदा केही घट्नेछ ।

सिमेन्टले सर्वसाधारणबाट २७ लाख ७६ हजार ७६ कित्ता खरिदका लागि आह्वान गरेको थियो । अन्तिम दिन बुधबारसम्म आईपीओमा १९ अर्ब ४० करोड ८४ लाख ३३ हजार २८३ रुपैयाँ बराबरको सेयर खरिदका लागि माग परेको हो ।

कम्पनीले प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले सेयर बिक्रीमा ल्याएको हो । यसअघि धेरैजसो कम्पनीको अंकित मूल्य १०० रुपैयाँमा आईपीओ बिक्री खुला हुँदै आएको थियो । महङ्गो मूल्यमा बिक्रीमा आएको कम्पनीको सेयर खरिदमा पनि लगानीकर्ताको उत्तिकै आकर्षण देखिएको हो ।

सर्वोत्तम सिमेन्टले फागुन १३ गतेदेखि सर्वसाधारणमा स्थानीय बासिन्दाहरुका लागि निष्काशन गरेको अवितरित ६ लाख ८१ हजार ५३० कित्ता सहित कुल २७ लाख ७६ हजार ७६ कित्ता आईपीओ निष्काशन तथा बिक्री खुला गरेको थियो । लगानीकर्ताले न्यूनतम ५० कित्ताका लागि १८ हजार ४५ रुपैयाँदेखि अधिकतम १० हजार कित्ताका लागि ३६ लाख ९ हजार रुपैयाँसम्मका लागि आवेदन दिन पाउने व्यवस्था थियो ।

इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग त्रिपल बी प्रदान गरेको छ। यसले समयमा नै सुरक्षित रुपले वित्तीय दायित्व बहन गर्न मध्यम स्तरको क्षमता रहेको कम्पनी हो भन्ने बुझिन्छ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ भने सह–निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल र प्रभु क्यापिटल लिमिटेड रहेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.