Advertisement

एलआईसी नेपालको नयाँ बोनसदर सार्वजनिक, बीमितले अधिकतम ६४ रुपैयाँसम्म पाउने

0 12

Advertisement

१७ फागुन, काठमाडाैं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले गत आर्थिक वर्ष २०७९–८० को नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले मुनाफामा सरिक हुनेगरी प्रतिवर्ष प्रति हजार न्यूनतम ४० देखि अधिकतम ६६ रुपैयाँसम्मको बोनस दर कायम गरेको हो ।

कम्पनीले बाल सावधिक बीमालेख अन्तर्गत ३० वर्षभन्दा धेरै अवधिका लागि ६४ रुपैयाँ र सोहि पोलिसी २५ देखि २९ वर्षसम्मका लागि खरिद गर्ने बीमितले ६३ रुपैयाँ प्रतिहजार बोनस पाउने कम्पनीले उल्लेख गरेको छ । यसैगरी, जीवन बचत नामको पोलिसी २५ वर्षभन्दा बढी अवधिको बीमालेख खरिद गरेका बीमितलाई प्रतिहजार ६१ रुपैयाँ बोनस दिने जनाएको छ ।

कम्पनीले सार्वजनिक गरेको बोनसदर अनुसार सावधिक, जीवन बीमा, जीवन साथी र जीवन श्री बीमा योजनामा बीमितले न्यूनतम ५१ रुपैयाँदेखि ६१ रुपैयाँसम्म प्रतिवर्ष र प्रतिहजार रुपैयाँ बोनस पाउनेछन् । कम्पनीले सावधिक, जीवन विद्या, जीवन साथी र जीवन श्री बीमालेख अन्तर्गत ५ देखि ९ वर्ष अवधिका लागि ५१ रुपैयाँ, १० देखि १४ वर्षका लागि ५२ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ५३ रुपैयाँ, २० देखि २४ वर्षका लागि ५५ र २५ देखि माथि अवधिका लागि ६१ रुपैयाँ बोनस दर प्रदान गर्ने भएको छ । सबैभन्दा धेरै २ लाख २२ हजार ९८० ओटा बीमालेख बिक्री भएको १५–१९ वर्ष अवधिको योजनामा बीमितले प्रतिहजार ५३ रुपैयाँ बोनस पाउनेछन् ।

त्यस्तै, जीवन आनन्द बीमा योजनामा बीमालेख अवधिअनुसार बीमितले ५० रुपैयाँदेखि ६० रुपैयाँसम्म बोनस प्राप्त गर्न सक्ने भएका छन् । जीवन आनन्द बीमा योजना अन्तर्गत कम्पनीले ५ देखि ९ वर्ष अवधिका लागि ५० रुपैयाँ, १० देखि १४ वर्षका लागि ५२ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ५५ रुपैयाँ, २० देखि २४ वर्षका लागि ५७ रुपैयाँ र २५ देखि माथि अवधिका लागि ६० रुपैयाँ बोनस दर निर्धारण गरिएको छ । सबैभन्दा धेरै १ लाख १७ हजार८१४ ओटा बीमालेख बिक्री भएको १५–१९ वर्ष अवधिको योजनामा बीमितले प्रतिहजार ५५ रुपैयाँ बोनस पाउनेछन् ।

कम्पनीले बाल सावधिक बीमा योजनामा बीमालेख अवधिअनुसार न्यूनतम ५१ रुपैयाँदेखि ६४ रुपैयाँसम्म बोनसदर कायम गरेको छ । यस बीमालेख अन्तर्गत १५ देखि १९ वर्ष अवधिका लागि ५१ रुपैयाँ, २० देखि २४ वर्ष अवधिका लागि ५५, २५ देखि २९ वर्षका लागि ६३ र ३० देखि माथि अवधिका लागि ६४ रुपैयाँ निर्धारण गरिएको छ । सबैभन्दा धेरै ५८ हजार ३८५ ओटा बीमालेख बिक्री भएको १५–१९ वर्ष अवधिको योजनामा बीमितले प्रतिहजार ५१ रुपैयाँ बोनस पाउनेछन् ।

त्यसैगरी, धनवृष्टि बीमा योजनामा न्यूनतम ५५ रुपैयाँदेखि ५७ रुपैयाँसम्म बोनसदर तोकिएको छ । धनवृष्टि जीवन बीमालेख अन्तर्गत १० वर्षका लागि ५५ रुपैयाँ र १५ वर्षका लागि ५७ रुपैयाँ बोनस दर कायम गरेको छ । सबैभन्दा धेरै १० हजार २९४ ओटा बीमालेख बिक्री भएको १० वर्ष अवधिको योजनामा बीमितले प्रतिहजार ५५ रुपैयाँ बोनस पाउनेछन् ।

धनफिर्ता बीमा योजनामा भने बीमालेख अवधि अनुसार न्यूनतम ५६ रुपैयाँदेखि ६० रुपैयाँसम्म बोनस पाउने भएका छन् । धनफिर्ता जीवन बीमालेख अन्तर्गत १५ वर्ष बीमा अवधिका लागि ५६ रुपैयाँ, २० वर्षका लागि ५७ रुपैयाँ र २५ वर्षका लागि ६० रुपैयाँ बोनसदर प्रदान गर्ने भएको छ । सबैभन्दा धेरै १६ हजार ३२९ ओटा बीमालेख बिक्री भएको १५ वर्ष अवधिको योजनामा बीमितले प्रतिहजार ५६ रुपैयाँ बोनस पाउनेछन्।
साथै बाल ममता र बाल स्नेह बीमा योजनामा बीमालेख अवधिअनुसार बीमितले ५५ रुपैयाँदेखि ६० रुपैयाँसम्म बोनस तोकिएको छ । यस अन्तर्गत १५ वर्ष बीमा अवधिका लागि ५५ रुपैयाँ, १६ देखि २० वर्षका लागि ५७ रुपैयाँ र २१ देखि माथि वर्षका लागि ६० रुपैयाँ बोनस दर निर्धारण गरेको छ । सबैभन्दा धेरै १६ हजार ९१० ओटा बीमालेख बिक्री भएको १६–२० वर्षसम्मको अवधि योजनामा बीमितले प्रतिहजार ५७ रुपैयाँ बोनस पाउनेछन् ।

जीवन तरङ्ग बीमा योजनामा न्यूनतम ४० रुपैयाँदेखि अधिकतम ४५ रुपैयाँसम्म बीमितले बोनस पाउने भएका छन् । जीवन तरंग बीमालेख अन्तर्गत १० वर्ष बीमा अवधिका लागि ४० रुपैयाँ, १५ वर्षेका लागि ५१ रुपैयाँ र २० वर्षे अवधिका लागि ४५ रुपैयाँ बोनसदर निर्धारण गरेको छ । सबैभन्दा धेरै १५ हजार ९४६ ओटा बीमालेख बिक्री भएको २० वर्ष अवधिको योजनामा बीमितले प्रतिहजार ४५ रुपैयाँ बोनस पाउनेछन् ।

कम्पनीले न्यू जीवन तरंगमा बीमालेख अवधिअनुसार न्यूनतम ५० देखि अधिकतम ५५ रुपैयाँसम्म बोनस दिने भएको छ । यस बीमालेख अन्तर्गत १० वर्ष बीमा अवधिका लागि ५० रुपैयाँ, १५ वर्षेका लागि ५१ रुपैयाँ र २० वर्षे अवधिका लागि ५५ रुपैयाँ बोनसदर निर्धारण गरेको छ । सबैभन्दा धेरै १५९८ ओटा बीमालेख बिक्री भएको २० वर्ष अवधिको योजनामा बीमितले प्रतिहजार ५५ रुपैयाँ बोनस पाउनेछन् ।

त्यसैगरी कम्पनीले जीवन बचत बीमा योजनामा बीमालेखको अवधि अनुसार न्यूनतम ४१ रुपैयाँदेखि ६१ रुपैयाँसम्म बोनस दिने निर्णय गरेको छ । जीवन बचत बीमा योजना अन्तर्गत ५ देखि ९ वर्ष अवधिका लागि ४१ रुपैयाँ, १० देखि १४ वर्ष अवधिको लागि ४९ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ५२ रुपैयाँ, २० देखि २४ वर्षका लागि ५६ र २५ देखि माथि वर्षका लागि ६१ रुपैयाँ बोनस दर कायम गरिएको छ । सबैभन्दा धेरै ६९१ ओटा बीमालेख बिक्री भएको २५ वर्षदेखि माथिको योजनामा बीमितले प्रतिहजार ६१ रुपैयाँ बोनस पाउनेछन् ।

कम्पनीले जीवन लाभ बीमा योजनामा न्यूनतम ५१ रुपैयाँदेखि ५५ रुपैयाँसम्म बोनस दिने भएको छ भने लघु सावधिक बीमा योजनामा सबै अवधिका बीमालेखमा ४१ रुपैयाँ बोनस दिने भएको छ । जीवन लाभ बीमालेख अन्तर्गत १० वर्ष अवधिका लागि ५१ रुपैयाँ, १५ वर्षका लागि ५२ रुपैयाँ,२० वर्षका लागि ५३ रुपैयाँ र २५ वर्षका लागि ५५ रुपैयाँ बोनस दर निर्धारण गरिएको छ । सबैभन्दा धेरै ११३२ ओटा बीमालेख बिक्री भएको १५ वर्ष अवधिको योजनामा बीमितले प्रतिहजार ५२ रुपैयाँ बोनस पाउनेछन् ।

कम्पनीले लघु सावधिक बीमालेख अन्तर्गत सबै अवधिका लागि ४१ रुपैयाँ बोनस तोकेको छ । यस अवधिको ९५ वटा बीमालेख खरिद भएका हुन् ।

कम्पनीले आव २०७९–८० को आर्थिक स्थितिको लेखाजोखा र दायित्वको मूल्यांकन सम्बन्धि बीमांककीय प्रतिवेदन नियामक निकाय बीमा प्राधिकरणबाट स्वीकृती भएबमोजिम बोनसदर सार्वजनिक गरेको हो । कम्पनीले सार्वजनिक गरेको यो बोनसदर नेपाल बीमा प्राधिकरणबाट अर्को व्यवस्था नभए सम्मको लागि कायम रहने जनाएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.