Advertisement

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको साधारण सभा आह्वान, ६ सञ्चालक चयन हुने

0 15

Advertisement

१७ फागुन, काठमाडाैं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले आगामी चैत्र २० गते मंगलबारेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा बिहानको १० बजे बैंकको ३७ औं वार्षिक साधारण सभा आह्वान गरेको छ ।

बैंकको फागुन १६ गते बसेको सञ्चालक समितिको बैठकले उक्त मितिमा सभा बोलाउने निर्णय गरेको हो । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक नेपाल लिमिटेडको मर्जरपछिको यो पहिलो वार्षिक साधारण सभा हो ।

वितरयोग्य मुनाफामा आएको संकुचनका कारण बैंकले यो वर्ष लाभांश वितरण सम्बन्धी कुनै प्रस्ताव राखेको छैन् । सभाले गत आर्थिक वर्षको प्रतिवेदन, वासलात, नाफा–नोक्सान लगायतका वित्तीय विवरण छलफल गरी पारित गर्नेछ । साथै, चालु आवका लागि लेखापरीक्षकको नियुक्ती गरी पारिश्रमिक तोक्नेछ ।

त्यस्तै, ३७ औं वार्षिक साधारण सभाले संस्थापक शेयरधनीको तर्फबाट ४ जना र सर्वसाधारण सेयरधनीको तर्फबाट २ जना गरी ६ जना सञ्चालक निवार्चन गर्ने भएको छ ।

सभा प्रयोजनार्थ बैंकले फागुन २४ गते बिहीबारदेखि चैत २० गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । बुकक्लोजअनुसार फागुन २३ गते बुधबारसम्म नेप्सेमा सेयर कारोबार भइ कायम रहने सेयरधनीहरु मात्र सभामा प्रतिनिधित्व जनाउन योग्य हुनेछन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.