Advertisement

त्रिकोणात्मक टी-२० श्रृंखला: नेपालको पहिलो प्रतिस्पर्धा नामिबियासँग

0 30

Advertisement

१४ फागुन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ एसदिवसीय प्रतियोगिताको समाप्तिसँगै नेपालले नामिबिया र नेदरल्यान्ड्ससँग टी–२० शृंखला खेल्ने भएको छ। नेपाल, नामिबिया र नेदरल्यान्ड्सबीच तीनदेशीय टी–२० शृंखला मंगलबारदेखि सुरु हुनेछ।

नेपालले पहिलो खेल मंगलबार नामिबियासँग खेल्नेछ। खेल बिहान साढे ११ बजे सुरु हुनेछ। नेपालले दोस्रो खेल भने बुधबार नेदरल्यान्ड्ससँग खेल्नेछ।

शृंखलाको पहिलो चरणमा तीन वटै टोलीले एकअर्कासँग दुई/दुई खेल खेल्नेछन्।

फेब्रुअरी २९ मा नामिबिया र नेदरल्यान्ड्सबीच तेस्रो खेल हुनेछ। मार्च १ तारिखमा नेपाल र नामिबियाबीच चौथो तथा मार्च २ तारिखमा नेपाल र नेदरल्यान्ड्सबिच पाँचौँ खेल हुनेछ। छैटौँ खेल मार्च ३ तारिखमा नामिबिया र नेदरल्यान्ड्सबीच खेलिनेछ।

२०२४ को जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने आईसीसी टी–२० विश्वकपको तयारीका क्रममा यो शृंखला खेल्न लागिएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ। नेपालसँगै नामिबिया र नेदरल्यान्ड्स टी–२० विश्वकपमा छनोट भएका छन्।

नेपाली टोली
रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुलसन झा, सोमपाल कामी, प्रतिश जिसी, सन्दीप जोरा, विनोद भण्डारी, विवेक यादब, अनिल शाह, राशिद खान, सागर ढकाल, आरिफ शेख र अविनाश बोहरा।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.