Advertisement

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले आईपीओ जारी गर्ने

0 14

Advertisement

१४ फागुन, काठमाडाैं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले साधारण शेयर निष्काशन (आईपीओ) जारी गर्ने प्रस्ताव पारित गर्न साधारण सभा आह्वान गरेको छ । इन्स्योरेन्सको फागुन ११ गते शुक्रवार बसेको संचालक समितिको १७ औं बैठकले सभा आह्वान गरेको हो ।

सभा चैत ५ गते शुभ होटल प्रा. लि., चाईना पुल, वीरेन्द्रनगर, सुर्खेतमा बिहान ११ वजे सुरु हुने छ । सभाले सर्वसाधारणलाई साधारण शेयर निष्काशन (आईपीओ) जारी गर्ने विषेश प्रस्ताव पारित गर्ने छ ।

यस्तै सर्वसाधारणको लागि आइपीओ पश्चात प्राप्त पूँजीको उपयोग गर्ने र आवश्यक प्रक्रियागत कार्य गर्ने सम्पूर्ण अख्तियारी संचालक समितिलाई दिने सम्बन्धमा पनि छलफल गर्ने छ ।

यस्तै, सभाले लेखापरिक्षकको प्रतिवेदन सहित २०८० आषाढ मसान्तको वासलात तथा सोही मितिमा समाप्त आ.व. २०७९\०८० को नाफा\नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र तत्सम्बन्धी अनुसूचीहरु माथि छलफल पारित गर्ने छ । साथै सभाले संचालक समितिका पदाधिकारीहरुको पारिश्रमिक, भत्ता तथा सुविधा निर्धारण गर्ने छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.