Advertisement

अमेरिका र बेलायती लडाकु विमानद्वारा यमनको होडेडाहमा हवाई हमला

0 17

Advertisement

२३ माघ, एजेन्सी। संयुक्त राज्य अमेरिका र बेलायतका लडाकु विमानहरूले सोमबार यमनी बन्दरगाह शहर होडेडाहमा हवाई आक्रमण गरेको हुथीद्वारा सञ्चालित अल-मासिराह टिभीले जनाएको छ। होडेडाह शहरको रणनीतिक रेड सी बन्दरगाहलाई निशाना बनाई अल-काथीब क्षेत्रमा दुई वटा हवाई बमबारी भएको बताएको छ।

स्थानीय सञ्चार माध्यमले जनाए अनुसार आक्रमणमा सर्वसाधारणको निधन भएको बताइएको छ भने केही घाइतेहरूलाई तत्काल चिकित्सा उपचारको लागि नजिकैका अस्पतालहरूमा लगिएको छ।

विगतका घण्टाहरूमा, हुथीको मिडिया आउटलेटहरूले सैन्य स्रोतलाई उद्धृत गर्दै पुष्टि गरे अनुसार अमेरिकी-ब्रिटिस आक्रमणकारी विमानले आइतबार राति होडेडाहका गभर्नरेटहरूमा १५ वटा आक्रमणहरू गरेको बताइएको छ।

पछिल्ला हवाई आक्रमणहरू जनवरी १२ देखि वाशिंगटन र लन्डनद्वारा जारी सैन्य प्रतिक्रियाको एक हिस्सा हो। साना र अन्य उत्तरी प्रान्तहरूको हुथी-नियन्त्रित क्षेत्रहरूलाई लक्षित गर्दै आक्रमण जारी राखिएको छ।
अन्तर्राष्ट्रिय कारबाहीहरू लाल सागरमा व्यापारिक ढुवानीमा हुथी आक्रमणको बदलाको रूपमा गरिएको बताइएको छ।

गत नोभेम्बरदेखि लाल सागर, बाब अल-मन्डब स्ट्रेट र अडेनको खाडीमा सैन्य कारबाहीमा संलग्न हुथीहरूले इजरायली जहाजहरू र इजरायल जाने जहाजहरूलाई निशाना बनाएको दाबी गरिएको छ।

गाजामा अक्टोबरदेखि चलिरहेको युद्धको पृष्ठभूमिमा यी कार्यहरू विकास भएको देखा परेका छन्। साथै स्थिति तनावपूर्ण बन्दै गएको छ तर दुवै पक्षले तनाव कम गर्ने कुनै सङ्केत देखाएको छैन।
-सिन्ह्वा



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.