Advertisement

हिमालयन हाइड्रोपावर नोक्सानीमा

0 14

Advertisement

२३ माघ, काठमाडाैं । हिमालयन हाइड्रोपावर लिमिटेड चालू आवको दोस्रो त्रैमाससम्म ८६ लाख २४ हजार रुपैयाँ नोक्सानीमा पुगेको छ । गत आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले ६ करोड ९४ लाख ३३ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।

वित्तीय विवरण अनुसार कम्पनीको दोस्रो त्रैमाससम्ममा अन्य आम्दानी शुन्य भएपछि मुनाफमा असर पुगेको हो । गत आवको दोस्रो त्रैमाससम्ममा कम्पनीको अन्य आम्दानी ८ करोड २० लाख रुपैयाँ थियो ।

चुक्ता पुँजी १ अर्ब ९ करोड रहेको कम्पनीको प्रति सेयर आम्दानी ७९ पैसा ऋणात्मक बनेको छ । यस्तै प्रति सेयर नेटवर्थ ७३ रुपैयाँ ४१ पैसा छ । दोस्रो त्रैमाससम्ममा कम्पनीको रिटेन्ड अर्निङ्स २९ करोड ११ लाख ४८ हजार रुपैयाँ ऋणात्मक छ ।

कम्पनीले दोस्रो त्रैमाससम्ममा विद्युत बिक्रीबाट ७ करोड ३६ लाख ९५ हजार रुपैयाँ आम्दानी गरेको छ । गत आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले विद्युत बिक्रीबाट ७ करोड ६ लाख ४५ हजार आम्दानी गरेको थियो । विद्युत बिक्री आम्दानी बढेपनि अन्य आम्दानी सुकेको र ब्याज खर्च अधिक रहेको कारण कम्पनीले नोक्सानी ब्यहोरेको हो । कम्पनीको वित्तीय खर्च गत आवमा ४ करोड ८६ लाख ९ हजार रहेकोमा चालू आवमा घटेर ४ करोड ७५ लाख ५४ हजार रुपैयाँमा झरेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.