Advertisement

चलचित्र सम्बन्धी विधेयक संसद्को आगामी अधिवेशनमा पेस हुन्छ: मन्त्री शर्मा

0 20

Advertisement

२७ पुस, काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले संसद्को आगामी अधिवेशनमा चलचित्र सम्बन्धी विधेयक पेस गर्ने तयारी भएको बताएकी छिन्।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र चलचित्र जाँच समितिद्वारा शुक्रबार ललितपुरमा आयोजित सरोकारवालाबीचको अन्तर्क्रिया कार्यक्रममा मन्त्री शर्माले चलचित्रकर्मीले भोगेका अनुभूति, परेका समस्या सल्ट्याउने गरी प्राप्त सुझावको आधारमा विधेयक निर्माण गरी संसद्‌मा पेस गरिने बताइन्। उनले विधेयकबारे सुझाव दिन अनुरोधसमेत गरेकी छिन्।

‘चलचित्रकर्मीका समस्या र अप्ठ्यारोका बीचमा जानकार थिएनौँ, थाहा हुँदैनथ्यो, कानुनले आवश्यकता पूर्ति गर्न सक्नुभएको छैन भन्ने अनुभूति भएको छ। आगामी अधिवेशनमा चलचित्रसम्बन्धी ऐन पेस गर्ने तयारीमा छौँ। चलचित्र मनोरञ्जन मात्रै हैन आम सञ्चारको क्षेत्र पनि हो। कम्तीमा पनि २० वर्ष काम गर्न सक्ने कानुन बनोस् भन्ने गरी सुझावको अपेक्षा गरेका छौँ,’ मन्त्री शर्माले भनिन्।

सरोकारवालाबीचको छलफलबाट प्राप्त सुझावका आधारमा निर्माण गर्ने कानुन कार्यान्वयनमा सहज हुने उनको भनाइ थियो। सेन्सर बोर्डको कार्यालय नहुँदा भएको समस्यालाई ध्यान दिएर लाग्ने बताउँदै मन्त्री शर्माले सहजीकरण गर्ने वातावरण मिलाइने प्रतिबद्धता पनि जनाइन्।

प्रतिस्पर्धी चलचित्र निर्माणका लागि गुणस्तर व्यवस्थापन गर्नु महत्त्वपूर्ण विषय भएको बताउँदै उनले स्वदेशी तथा विदेशी बजारमा प्रतिस्पर्धालाई ध्यान दिनुपर्ने उल्लेख गरिन्। महिला चलचित्रकर्मीले भोग्नुपरेका समस्या पनि पृथक भएकाले यसका लागि नीति तथा बजेट तर्जुमा गर्न आवश्यक सुझाव पेस गर्न आग्रह गरिन्।

संविधानले बर्जित गरेको विज्ञापन बजिरहेको बताउँदै मन्त्री शर्माले त्यसलाई रोक्नुपर्ने र विज्ञापन बोर्डले हेर्नुपर्ने उल्लेख गरिन्।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.