Advertisement

हलमा लागे तीन नेपाली र दुई भारतीय फिल्म

0 28

Advertisement

२७ पुस, काठमाडौं । शुक्रबार नेपाली हलमा पाँच फिल्म रिलिज भएका छन् । जसमा कथानकदेखि वृत्तचित्रसम्म छन् । दर्शकलाई रुचिअनुसारका जनरामा फिल्म हेर्ने सुविधा यो साता उपलब्ध छ ।

तीन नेपाली फिल्म र दुई विदेशी प्रदर्शनमा आएका छन् । राजन कठेत र सुनिर पाण्डे निर्देशित फिल्म ‘ढोरपाटन’ फिचर डकुमेन्ट्री हो । बागलुङको ढोरपाटन सिकार आरक्ष क्षेत्रको कथावस्तुमा बनेको यो फिल्मको लम्बाइ ७९ मिनेट छ । सिने द सेफ मल्टिप्लेक्सले यो फिल्म प्रदर्शनमा ल्याएको छ ।

तपाईंलाई डकुमेन्ट्री विधाका फिल्ममा रुचि छ भने ‘नो विन्टर होलिडेज : ढोरपाटन’ रुचिकर हुनसक्छ । यसमा रतिमा विश्वकर्मा र कलिमा विश्वकर्माको शीर्ष भूमिका छ ।

घनश्याम लामिछाने निर्देशित फिल्म ‘चित्रा’ पनि शुक्रबारदेखि प्रदर्शनमा आएको छ । बाबुछोरीको सम्बन्धको कथा पेश गर्ने यो फिल्ममा अर्पण थापा, शुभेच्छा खड्का, सन्तोष अधिकारी र मेनुका प्रधानको शीर्ष भूमिका छ ।

दीपक श्रेष्ठ निर्देशित रोमान्टिक ड्रामा ‘पर्खिबसें तिमीलाई’ पनि शुक्रबार रिलिज भएको छ । किरण श्रेष्ठ, रक्षा बुढाथोकी, शिव श्रेष्ठ, सुनिता श्रेष्ठको यसमा शीर्ष भूमिका छ ।

श्रीराम राघवन निर्देशित ‘मेरी क्रिसमस’मा विजय सेतुपति र कट्रिना क्याफको शीर्ष भूमिका छ । ड्रामा–थ्रिलर जनरामा राखिएको यो फिल्मले क्रिसमसअघि भेट भएका दुई अपरिचितको सम्बन्ध अघि बढ्दै जाँदा आउने कथानक घुम्ती यसको विशेषता हो ।

अरुण माथिश्वारन निर्देशित दक्षिण भारतीय फिल्म ‘क्याप्टेन मिल्लर’ पनि शुक्रबारदेखि प्रदर्शनमा आएको छ । एक्सन, एड्भेन्चर र ड्रामा जनरामा राखिएको यो फिल्ममा धनुष, शिव राजकुमारको अभिनय छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.