Advertisement

माओवादी केन्द्रको स्थायी कमिटी बैठक शनिबार बस्ने

0 27

Advertisement

२५ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक शनिबार बस्ने भएको छ । विधान मस्यौदामाथि छलफल गर्न र चार महिने अभियानको समीक्षा गर्न माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्ने भएको हो ।

पार्टी सचिव राम कार्कीका अनुसार बैठकमा विधान मस्यौदाबारे छलफल हुनेछ भने चार महिने जनतासँग माओवादी अभियानको समीक्षा र कार्यविभाजनको विषयमा समेत छलफल हुनेछ ।

माओवादी केन्द्रको भदौदेखि सुरु अभियान समापन गरिसकेको छ । सात वटै प्रदेशबाट आउने अभियानको रिपोर्टसहित स्थायी कमिटीमा छलफल हुनेछ ।

यस्तै पार्टीले आगामी फागुन पहिलो साता विधान अधिवेशन गर्ने घोषणा गरेको छ । त्यसका लागि माओवादी केन्द्रले उपाध्यक्ष पम्फा भुसालको नेतृत्वमा सात सदस्य मस्यौदा समिति गठन गरेको थियो । समितिले मस्यौदा पार्टीलाई बुझाइसकेको छ ।

पार्टीले यसअघि तोकेका जिम्मेवारीमा समेत हेरफेर हुनसक्ने माओवादी नेताहरुको भनाइ छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.