Advertisement

हार्वर्ड विश्वविद्यालयका प्रमुखले दिइन् राजीनामा

0 34

Advertisement

१८ पुस, एजेन्सी । हार्वर्ड विश्वविद्यालयका प्रमुख क्लाउडिन गेले पदबाट राजीनामा दिएकी छन्।

उनीमाथि साहित्यिक चोरी र विश्वविद्यालयमा भएका गतिविधिबारे संसदीय समितिमा उनले दिएको जवाफको आलोचना भएपछि गेले राजीनामा दिएको समाचार संस्था एशोसियट प्रेसले जनाएको छ।

विश्वविद्यालयहरुमा यहुदी तथा इसराइलविरोधी गतिविधि भएको विषयमा अमेरिकाको संसदीय समितिले सम्बन्धित विश्वविद्यालयका प्रमुखहरूलाई बोलाएर छलफल गरेको थियो।

समितिका सदस्यहरूले इसराइल-हमास युद्धका विषयमा हुने गतिविधिलाई विश्वविद्यालयको नीति नियमसँग जोडेर गरेको प्रश्नमा हो/होइनमा नदिएपछि उनीहरू विवादमा तानिएका थिए।

विवादकाबीच युनभर्सिटी अफ पेन्सिलभेनियाका प्रमुख लिज मगिलले पनि डिसेम्बर ९ मा राजीनामा दिएकी थिइन्।

त्यसको एक महिना नबित्दै हार्वर्डका प्रमुखले पनि पदबाट राजीनामा दिएकी हुन्।

उनको राजीनामापछि त्यहाँको मुख्य शिक्षा अधिकारी एलन एम गार्बरलाई विश्विवद्यालयको निमित्त प्रमुखको जिम्मेवारी दिइएको छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.