Advertisement

आन्तरिक निर्वाचन लड्न लगाइएको प्रतिबन्धविरूद्ध ट्रम्पले गरे अपिल

0 16

Advertisement

१८ पुस, एजेन्सी । संयुक्त राज्य अमेरिकामा २०२४ मा हुने राष्ट्रपति चुनावको दौडमा रहेका डोनाल्ड ट्रम्पले मेइन राज्यमा आन्तरिक निर्वाचन लड्न आफूविरूद्ध लगाइएको प्रतिबन्धविरूद्ध अदालतमा अपिल गरेका छन्।

मेइनका राज्यसचिव शेन्ना बेलोजले ट्रम्पलाई आन्तरिक निर्वाचनमा भाग लिन प्रतिबन्धन लगाएकी थिइन्। बेलोजको उक्त निर्णयमा ट्रम्पले त्यहाँको मेइनको सुपेरियर अदालतमा अपिल दर्ता गरेको समाचार संस्था एशोशियट प्रेसले उल्लेख गरेको छ।

ट्रम्पले अघिल्लो राष्ट्रपति निर्वाचन परिणाम अस्वीकार गरेको र २०२१ को जनवरी ६ मा त्यहाँको संसद भवनमा आक्रमण गराएको आरोप रहेकाले आगामी राष्ट्रपतिको निर्वाचनका लागि उनी अयोग्य रहेको भन्दै बेलोजले मेइन राज्यको आन्तरिक चुनावमै उनलाई प्रतिबन्ध लगाएको हो।

त्यसअघि कोलोराडो राज्यले पनि आन्तरिक निर्वाचनमा भाग ट्रम्पमाथि प्रतिबन्ध लगाएको थियो। त्यसविरूद्ध पनि उनले चाँडै अपिल गर्न तयारी गरेको एपीले उल्लेख गरेको छ।

अमेरिकामा पार्टीहरूले आन्तरिक निर्वाचन गरेर उम्मेदवार चयन गर्छन्। आन्तरिक निर्वाचनबाट धेरै भोट ल्याउने व्यक्ति पार्टीबाट राष्ट्रपतिको उम्मेदवार बन्नेछन्।

कोलोराडो र मेइनले गरेको निर्णयबारे अमेरिकी सर्वोच्च अदालतले फैसला गर्नेछ।

उनीहरूको निर्णयलाई सर्वोच्चले सदर गरे ट्रम्पले त्यहाँ आन्तरिक निर्वाचनमा उम्मेदवार बन्न पाउने छैनन्।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.