Advertisement

‘फाइटर’ सन् २०२४ मा बलिउडको सबैभन्दा प्रतीक्षित फिल्म

0 25

Advertisement

१७ पुस, काठमाडौं । सन् २०२४ मा बलिउडको लाइनअप रोचक छ । आगामी फिल्मलाई लिएर फ्यान उत्साहित छन् । एक सातादेखि भारतीय सञ्चारमाध्यमले नयाँ वर्षका प्रतीक्षित फिल्मको सूची ल्याइरहेका छन् ।

यस्तोमा बलिउड वेब पोर्टल पिंकभिल्लाको एक फ्यान सर्वेक्षणमा ऋतिक रोशन र दीपिका पादुकोण स्टारर ‘फाइटर’ वर्ष २०२४ कै सबैभन्दा प्रतीक्षित फिल्म बनेको छ । सर्वेक्षणमा सहभागी फ्यानले भारतको पहिलो एरियल–एक्सन भनिएको यो फिल्मप्रति रुचि दर्शाएका छन् ।

फ्यान पोलिङमा पिंकभिल्लाले नयाँ वर्षमा रिलिज हुन लागेका ११ फिल्मबीच सर्वेक्षण चलाएको थियो । सर्वेक्षणमा ‘फाइटर’ले सबैभन्दा धेरै ४७ प्रतिशत मत प्राप्त गरेको छ । दोस्रो स्थानमा अलि अब्बास जफर निर्देशित अक्षय कुमार र टाइगर श्राफ स्टारर ‘बडे मिया छोटे मिया’ छ । सर्वेक्षणमा यो फिल्मलाई ३८ प्रतिशत मत छ ।

सर्वेक्षणमा प्रत्येक फिल्मलाई निकै प्रतिस्पर्धात्मक मत प्राप्त छ । तेस्रो स्थानमा सिद्धार्थ मल्होत्राको एक्सन इन्टरटेनर ‘योद्धा’ छ । त्यसपछि आलिया भट्टको ‘जिग्रा’ले मत पाएको छ । त्यसपछि कट्रिना क्याफ र विजय सेतुपातीको ‘मेरी क्रिसमस’ पाँचौं स्थानसहित सूचीमा छ ।

सर्वेक्षणको पुछारमा दीपिका पादुकोण, अमिताभ बच्चन, प्रभास स्टारर ‘कल्की : २९९८ एडी’ छ । फाइटरको कुरा गर्दा यो फिल्मलाई सिद्धार्थ आनन्दले निर्देशन गरेका हुन् । यो फिल्म माघ ११ गते रिलिज हुँदैछ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.