Advertisement

पहलमान विनेश फोगाटले फिर्ता गरिन् आफ्ना सबै मेडल

0 29

Advertisement

१५ पुस, नयाँ दिल्ली । भारतीय पहलमान विनेश फोगाटले आफ्ना सारा अवार्ड र मेडलहरू फिर्ता गरेकी छिन् । प्रधानमन्त्री नरेन्द्र मोदीलाई खुला पत्र लेखेर मेजर ध्यानचन्द खेल रत्न र अर्जुन पुरस्कार फर्काउने कुरा गरेको चार दिनपछि फोगाटले शनिबार यी दुवै पुरस्कार दिल्लीको कर्तव्य पथमा राखिदिएकी हुन् ।

शनिबार राति फोगाटले प्रधानमन्त्री कार्यालयमा जाने कोसिस गरेकी थिइन् । तर प्रहरीले उनलाई बिचमै रोकेर जान दिएन । त्यसपछि उनले कर्तव्य पथकै सडक किनारमा मेडलहरू राखिदिइन् । फोगाटले एशियन गेम्स र कमनवेल्थ गेम्समा पनि गोल्ड मेडल पनि जितिसकेकी छिन् । यसै हप्ता उनले प्रधानमन्त्री मोदीको नाममा खुला पत्र लेखेर मेडल फिर्ता गर्ने बताएकी थिइन् ।

‘यी पुरस्कारको मेरो जिन्दगीमा अब कुनै मतलब रहेन,’ उनले पत्रमा भनेकी छिन् । यस अघि नै पहलमान साक्षी मलिकले पनि खेलबाट संन्यास लिने घोषणा गरेकी थिइन् । पहलमान बजरंग पुनियाले पनि आफूले पाएको पद्यश्री पुरस्कार सरकारलाई फिर्ता गरेकी थिइन् ।

भारतीय कुश्ती संघको पूर्व प्रमुख र बीजेपी सांसद बृजभूषण शरण सिंहविरुद्ध भएको विरोध प्रदर्शनको मुख्य अनुहार थिए फोगाट, मलिक र पुनिया । सिंहमाथि कयौँ महिला पहलमानले यौन उत्पीडनको आरोप लगाएका थिए । फोगटालाई सन् २०२० मा भारतको सर्वोच्च खेल सम्मान खेल रत्न र सन् २०१६ मा अर्जुन दृष्टि पुरस्कारले सम्मानित गरिएको थियो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.