Advertisement

सफ्टवेरिका कलेजका २४८ विद्यार्थी दीक्षित

0 30

Advertisement

१५ पुस, काठमाडौं । सफ्टवेरिका कलेजका २४८ जना विद्यार्थी दीक्षित भएका छन् । सफ्टवेरिका कलेज अफ आईटी एन्ड ईकमर्सले बिहीबार काठमाडौंको हायात होटलमा विशेष कार्यक्रमको आयोजना गरी २४८ जना विद्यार्थीलाई दीक्षित गरेको हो ।

सफ्टवेरिका कलेजले करिब डेढ दशकदेखि बेलायतस्थित कोभेन्ट्री विश्व विद्यालयको आईटी पाठ्यक्रम अध्यापन गराउँदै आएको छ ।

कलेजले सन् २०२३ मा कम्प्युटिङ र इथिकल ह्याकिङ तथा साइबर सेक्युरिटीमा स्नातक तह उत्तीर्ण गरेका २४८ जना विद्यार्थीलाई शैक्षिक प्रमाणपत्र उपलब्ध गराएको हो ।

सफ्टवेरिका कलेजका अध्यक्ष विज्ञान श्रेष्ठले सबै दीक्षित विद्यार्थीलाई आगामी यात्राका लागि शुभकामना दिंदै यस आईटीको युगमा विद्यार्थीहरुका लागि यो क्षेत्रमा अवसर नै अवसर रहेको बताएका छन् ।

सफ्टवारिका कलेजले आईटी क्षेत्रमा विभिन्न सरकारी र निजी स्तरीय कार्यक्रम आयोजना गर्दै आएको छ र आईटीसम्बन्धी अध्ययन गर्ने विद्यार्थीहरुले पनि यस्ता प्रतियोगिताहरुमा संलग्न हुन सके उनीहरुको भविष्य अझ राम्रो हुने उनको भनाइ थियो ।

काम गरेर नै धेरै कुरा सिकिने उल्लेख गर्दै अध्यक्ष श्रेष्ठले दीक्षित सम्पूर्ण विद्यार्थीलाई आफ्नो क्षेत्रसँग सम्बन्धित जुनसुकै काम पाए पनि त्यसमा आबद्ध हुन आग्रह गरेका छन् ।

सफ्ट्वेरिका कलेज प्रमुख प्रमोद पौडेलले दीक्षित विद्यार्थीलाई आगामी यात्राका लागि बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

अधिकांश दीक्षित विद्यार्थीले स्नातक अघि नै आफ्नो जागिर सुरु गरिसकेको कलेज प्रमुख पौडेलले बताए ।

दीक्षान्त समारोहमा विद्यार्थीसँगै अभिभावकहरूको समेत सहभागिता रहेको थियो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.