टक्सार पिखुवा खोला हाइड्रोको सीईओमा नविन सिलवाल नियुक्त
०४ पुस, काठमाडाैं । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नविन सिलवाल नियुक्त भएका छन् । पुष १ गतेदेखि लागू हुने गरी कम्पनीले सिलवाललाई सीईओ नियुक्त गरिएको हो ।
उर्जा क्षेत्रमा सिलवालको ६ वर्ष भन्दा लामो कामको अनुभव रहेको छ । टक्सार पिखुवा खोला हाइड्रोपावर आयोजनाको सुरुवातदेखि नै सिलवाल कम्पनीमा आबद्ध थिए । कम्पनीमा सिलवालले सुरुमा वित्त प्रमुख भएर काम गरेका थिए ।
उर्जा क्षेत्रमा छोटो समयमा आफूलाई अब्बल र सवल बनाउन सफल सिलवाल टक्सार पिखुवा खोला हाइड्रो पावरको आईपीओ निश्काशनको लागि नेपाल धितोपत्र बोर्डको स्वीकृतको पर्खाइमा रहेका छन् ।