Advertisement

नाडाको अध्यक्षमा चौधरी सर्वसम्मत, गोल्छा वरिष्ठ उपाध्यक्ष

0 28

Advertisement

०४पुस, काठमाडौं । अटोमोबाइल व्यवसायीहरुको छाता संस्था नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको अध्यक्षमा सीजी होल्डिङ्सका करण चौधरी सर्वसम्मत भएका छन् ।

नाडाका अध्यक्ष ध्रुव थापासहितको पूर्वअध्यक्षहरुले अध्यक्षमा सर्वसहमति खोज्ने प्रयासस्वरुप नाडाले आगामी २ वर्षे कार्यकालका लागि अध्यक्ष सर्वसम्मत गरेको हो ।

नाडामा आगामी कार्यकालदेखि वरिष्ठ उपाध्यक्षसमेत रहने भएका छन । बरिष्ठ उपाध्यक्ष जीओ अटोमोबाइल्सका आकाश गोल्छालाई दिने सहमति भएको छ ।

यस्तो सहमतिपछि अब आगामी पुस २० र २१ गते हुने नाडाको ४७ औं वार्षिक साधारणसभाबाट नयाँ कार्यसमिति घोषणा हुने भएको छ । २ वर्षे नयाँ कार्यसमिति चयनपछि चौधरीले अध्यक्षको जिम्मेवारी पाउने छन ।

गोल्छा भने अहिले वरिष्ठ उपाध्यक्ष बस्ने र अर्को कार्यकालमा अध्यक्ष हुने गरी सहमति भएको नाडा स्रोतले जानकारी दिएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.