Advertisement

सिटी एक्सप्रेस मनी ट्रान्सफरलाई राष्ट्रिय अपाङ्ग कोषद्धारा सम्मान

0 25

Advertisement

१८ मंसिर, काठमाडाैं । अपाङ्गता भएका व्यत्तिहरुको ३२औं अन्तराष्ट्रिय दिवसको अवसरमा सिटी एक्सप्रेस मनी ट्रान्सफरलाई राष्ट्रिय अपाङ्ग कोषद्वारा सम्मान गरेको छ । उक्त सम्मान, कार्यक्रमका प्रमुख अतिथी, शहरी बिकास मन्त्री सिता गुरुङद्वारा हस्तान्तरण गरिएको थियो ।

गत बैशाखमा सिटी एक्सप्रेस मनी ट्रान्सफरद्धारा सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय अपाङ्ग कोषलार्ई ५ लाख रुपैयाँ सहयोग गरेको थियो । सिटी एक्सप्रेस मनी ट्रान्सफरले राष्ट्रिय अपाङ्ग कोषसँग सहकार्य गरि बैदेशिक रोजगारीका क्रममा अपाङ्गता भएकाहरुलाई सेवा पु¥याउने उदेश्यले राष्ट्रिय अपाङ्ग कोषलार्ई उक्त रकम सहयोग गरेको थियो ।

राष्ट्रिय अपाङ्ग कोषले वार्षिक १५ सय अपाङ्गता भएका व्यक्तिहरूका लागि आवश्यक सहयोग सामाग्री तथा अन्य आवश्यक सहायक सामग्री उत्पादन एवं वितरण गर्नुका साथै गुणस्तरिय फिजियोथेरापी, अकुपेशनल र परामर्श सेवा उपलब्ध गराउदै आएको छ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले समाजमा सकरात्मक परिवर्तन ल्याउने हेतुले सामाजिक उत्तरदायित्व अन्तर्गत थुप्रै संघ संस्थाहरुलाई सहयोग प्रदान गर्दै आइरहेको छ ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १७ वर्ष देखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । हालै सिटी एक्सप्रेस मनी ट्रान्सफरले सिटी पे वालेट मार्फत अनलाइन भुक्तानीको सेवा सुचारु गरेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.