Advertisement

निफ्राले घोषणा गर्‍यो लाभांश

0 40

Advertisement

२१ कात्तिक, काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्ताका लागि लाभांश घोषणा गरेको छ ।

कम्पनीको सोमबार साँझ बसेको संचालक समितिको बैठकले ४.२१ प्रतिशत नगद लाभांश घोषणा गरेको हो । सो लाभांश राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात र साधारणसभाबाट पारित भएपछि वितरण हुने ।

कम्पनीले चालु आर्थिक वर्षको ३ महिनाको वित्तीय विवरण पनि यसअघि सार्वजनिक गरेको छ । जसअनुसार ७६ करोड ८ लाख रुपैयाँ खुद आम्दानी गरेको छ । जबकि गत वर्ष सो अवधिमा ६६ करोड ६२ लाख रुपैयाँ आम्दानी गरेको थियो । ब्याज खर्च घटाउँदा कम्पनीले यो तीन महिनामा खुद ७० करोड एक लाख रुपैयाँ आम्दानी गरेको छ ।

गत वर्षको सो अवधिमा यस्तो आम्दानी ६५ करोड ५७ लाख थियो । पहिलो त्रैमासिक समीक्षा अवधिमा कम्पनीको नाफा ४१ करोड ३८ लाख रुपैयाँ छ । गत वर्षको पहिलो त्रैमासमा ३७ करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीको रेगुलेटरी प्रोभिजन भने बढेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.