Advertisement

विनय, शिल्पा र सञ्जोग अभिनित वेब सिरिज ‘लभ सूत्र’को टिजर सार्वजनिक

0 42

Advertisement

२२ असाेज, काठमाडौं । विनय श्रेष्ठ, शिल्पा मास्के, सञ्जोग कोइरालाको शीर्ष भूमिका रहेको वेब सिरिज ‘लभ सूत्र’को टिजर सार्वजनिक भएको छ । यो सिरिज कान्तिपुर सिनेमाज् ओटीटी प्लेटफर्ममा स्ट्रिमिङ हुने बताइएको छ ।

फिल्मको पढाइ हुने कान्तिपुर एकेडेमीले दशैं छेकोबाट ओटीटी सञ्चालनमा ल्याउँदैछ । सञ्चालनअघि उसले नेपाली फिल्मका चर्चित कलाकारहरु समावेश भएको नयाँ वेब सिरिजको टिजर ल्याएको हो । यसअघि ‘ब्रह्माण्ड’ र ‘मिस स्कारलेट’जस्ता सिरिजको घोषणा भइसकेको छ ।

रोमान्टिक लभस्टोरी र कमेडी जनरामा बनेको यो वेब सिरिजमार्फत अभिनयमा विनयको पुनरागमन समेत हो । विनयको पछिल्लो फिल्म ‘रोमियो एण्ड मुना’ पाँच वर्षअघि रिलिज भएको थियो । विनय फिल्म ‘रेशम फिलिली’को दोस्रो श्रृंखला निर्माणमा समेत व्यस्त छन् ।

‘लभ सूत्र’लाई विनयको कम्पनी भी-मोसन पिक्चर्स र ओएसआर डिजिटलले निर्माण गरेका हुन् । निरोज महर्जन निर्देशक हुन् ।

३० देखि ४० मिनेटको पाँचवटा एपिसोडको यो सिरिजको ट्रेलर असोज २९ गते सार्वजनिक हुने र त्यही दिनबाट यो ओटीटीलाई सब्सक्रिप्सन लिएर स्मार्टफोन, वेब र स्मार्ट टिभीमा सिरिज हेर्न मिल्ने बताइएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.