Advertisement

पाकिस्तानलाई हराउँदै अफगानिस्तान फाइनलमा, स्वर्णका लागि भारतसँग खेल्ने

0 62

Advertisement

१९ असोज, काठमाडौं । एसियन गेम्सको पुरुष क्रिकेटमा पाकिस्तानलाई ४ विकेटले हराउँदै अफगानिस्तान फाइनलमा पुगेको छ । अब उसले स्वर्ण पदकका लागि भारतसँग खेल्नेछ ।

चीनको हान्झाउमा पहिलो ब्याटिङ गरेको पाकिस्तानले १८ ओभरमा सबै विकेट गुमाएर ११५ रन बनाएको थियो ।

उसका लागि उमर युसुफले सर्वाधिक २४ रन बनाए । पाकिस्तानलाई सस्तैमा समेट्ने क्रममा फरिद अहमदले ३ तथा कैस अहदम र जाहिर खानले २–२ विकेट लिए ।

११६ रनको लक्ष्य अफगानिस्तानले नूर अलीको ३९ रनको मदतमा १७.५ ओभरमा ६ विकेट गुमाएर भेट्टायो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.