Advertisement

सुन्दा कस्तो अचम्मको कुरो ! केटिकेटि बीचमा बिहे, टेष्ट ट्युबबाट सन्तान जन्माउने

0 52

Advertisement

१९ असाेज, काठमाण्डौँ । टिकटक चलाउनुहुन्छ भने यी दुई युवतीलाई पक्कै देख्नुभएको होला। यिनीहरु अहिले सोसल मिडियामा भाइरल नै भएका छन्। कारण यी दुई युवती दम्पती हुन्। हो, यिनीहरुले बिहे गरेका छन्।

सल्यानका दुई युवतीले बिहे गरेका हुनु। जिल्लाको बागचौर नगरपालिका–१ ठिनबाङज्यूलाकी अमिसा बस्नेत र वडा नम्बर ८ कोटमौलाकी योजना केसीबीच विवाह भएको हो।

तीन वर्षदेखि आफूहरु प्रेम सम्बन्धमा रहेको बताउने उनीहरुले राजीखुसी मन्दिरमा पुगेर विवाह गरेका छन्। आपसी समझदारीमा योजना अहिले अमिसाको घरमा गएर बस्दै आएकी छन्। उनीहरुका अनुसार अमिसा श्रीमान् हुन् भने योजना श्रीमती।

माया बसेकै कारण विवाह गरेको उनीहरुले बताइरहेका छन्। ‘हामीहरु दुवै केटी नै हौं। तेस्रो लिंगी पनि होइनौं हामी। भाइरल हुनलाई पनि विवाह गरेका होइनौं, माया बसेर नै विवाह गरेका हौँ,’उनीहरु भन्छन्।

घरपरिवारले नमानेका कारण मन्दिरमा गएर सिन्दुर–पोते लगाएको र अब घरमै विधि पुरा गरेर खुला रूपमा विवाह गर्ने तयारी भएको उनीहरुले बताएका छन्। उनीहरुको बिहेलाई एउटा परिवारले मानेको छ भने अर्कोले इन्कार गरिरहेको छ। दुवै स्थानीय जनकल्याण क्याम्पस थारमारेमा अध्ययनरत विद्यार्थी हुन्। तीन वर्षको प्रेम सम्बन्धलाई बिहेमा परिणत गरेका यी जोडीको योजना टेष्ट ट्युब प्रविधिबाट सन्तान जन्माउने छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.