Advertisement

२०३० को विश्वकप फुटबल ३ महादेशका ६ राष्ट्रले संयुक्त आयोजना गर्ने

0 21

Advertisement

१८ असाेज, काठमाडौं । सन् २०३० को विश्वकप फुटबल ३ महादेशका ६ राष्ट्रले संयुक्त रुपमा आयोजना गर्ने भएका छन्। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बुधबार उक्त निर्णय सुनाएको हो।

बुधबार फिफाले स्पेन, पोर्चुगल र मोरक्कोसलाई सह–आयोजकको रुपमा घोषणा गरेसँगै ६ देशले संयुक्त रुपमा विश्वकपको आयोजना गर्ने पक्का भएको। यसअघि उरुग्वे, अर्जेन्टिना र पाराग्वे सन् २०३० को विश्वकप आयोजकहरु रहेको घोषण भइसकेको थियो।

साउथ अमेरिकका यी देशहरुमा ओपनिङ अर्थात् सुरुवाती खेलहरु हुने फिफाले जनाएको छ। युरोपका स्पेन र पोर्चुगल तथा अफ्रिका महादेशबाट मोरक्काले आयोजना गर्ने भएको हो। फाइनल खेल भने स्पेनमा हुने बताइएको छ।

सन् २०३०, विश्वकप सुरु भएको १०० औं वर्ष हुन्छ। जसकारण यसलाई विश्वकको शताब्दीको रुपमा समेत मनाइने बताइएको छ। यो निर्णय आगामी वर्ष हुने फिफाको महाधिवेशनबाट अनुमोदन हुने बताइएको छ।

सन् २०३४ को विश्वकपको लागि भने फिफाले एसियाली फुटबल महासंघ र ओसियाना फुटबल कन्फेडेरेसनबाट मात्रै बोलपत्र लिइने तयारी समेत गरेको छ। त्यसमा सायदी अरेबियाले आयोजना गर्न पाउनका लागि निवेदन दिने तयारी अहिलेदेखि नै गरेको छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.