Advertisement

‘टाइगर ३’मा सलामान खानको ‘म्यासेज भिडिओ’

0 9

Advertisement

११ असाेज, काठमाडौं । सलमान खानको आगामी फिल्म ‘टाइगर ३’ को ‘म्यासेज भिडिओ’ सार्वजनिक भएको छ।

यशराज फिल्म्सको ब्यानरमा बनेको फिल्म ‘टाइगर ३’को पहिलो भिडिओको टिजर वा ट्रेलरको नाम नभई ‘टाइगर्स म्यासेजको’ नाम दिइएको छ।

भिडिओमा सलमान खान भन्छन्, ‘मेरो नाम अविनाश सिंह राठौर हो तर सबैका लागि म टाइगर हुँ। २० वर्षसम्म मैले भारतको रक्षाका लागि आफूसँग भएका सबै कुरा दिएँ, बदलामा केही मागेको छैन तर आज माग्दै छु। आज सबैलाई भनिन्छ कि बाघ तिम्रो दुश्मन हो बाघ देशद्रोही हो। बाघ दुश्मन नम्बर एक हो, त्यसैले २० वर्षको सेवापछि मैले भारतबाट मेरो चारित्रिक प्रमाणपत्र मागेको छु। मेरो छोरालाई मैले हैन इन्डियाले भन्छ, उसको बा थियो गद्दार। देशद्रोही होस् या देशभक्त जिउँदै हुनुहुन्छ भने फेरि हजुरको सेवामा हाजिर हुन्छ। नत्र जय हिन्द। बाघ नमरेसम्म हार्दैन।’

‘टाइगर ३’ फ्रेन्चाइजीका दुई भाग, एक था टाइगर (२०१२) र टाइगर जिन्दा है (२०१७) रिलिज भइसकेका छन्।

फिल्म ‘टाइगर ३’लाई मनिष शर्माले निर्देशन गरेका हुन्। ‘टाइगर ३’मा सलमान खान, कट्रिना कैफ र इमरान हाश्मी मुख्य भूमिकामा छन्।

‘टाइगर ३’ यस वर्ष दीपावलीको अवसरमा हिन्दी, तेलुगु र तमिल भाषामा रिलिज हुनेछ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.