Advertisement

इन्स्टाग्राम थ्रेड्समा पनि अब पोस्ट एडिट गर्न सकिने

0 18

Advertisement

०८ असाेज, एजेन्सी । माइक्रो ब्लगिङ प्लाटर्फम एक्समा जस्तै अब इन्स्टाग्राम थ्रेड्समा पनि आफूले गरेका पोस्टहरु एडिट गर्न अर्थात् सम्पादन गर्न सकिनेछ ।

मेटाले छिटै नै थ्रेड्समा यो बहुप्रतिक्षित फिचर पेस गर्न लागेको हो । थ्रेडसमा कुनै पनि पोस्ट गरेको पाँच मिनेटभित्रमा एडिट गर्न सकिने सुविधासहित यो फिचर उपलब्ध हुने बताइएको छ ।

स्मरण रहोस् एक्समा पोस्ट गरेको एक घण्टाभित्र सम्पादन गर्न सकिन्छ । तर यो सुविधा केवल सशुल्क प्रयोगकर्ता अर्थात् प्रिमियम सदस्यका लागि मात्रै उपलब्ध छ जोसँग ब्लू टिक हुन्छ । तर, मेटाले भने सबै थ्रेड्स प्रयोगकर्ताका लागि नि:शुल्क रुपमा पोस्ट एडिट गर्न सकिने सुविधा उपलब्ध गराउन लागेको हो ।

यो फिचर हाल विकासकै चरणमा रहेको प्रविधिसम्बन्धी विभिन्न समाचारको खुलासा गर्ने एलेसेन्ड्रो पलुजीले एक स्क्रिनशट शेयर गर्दै बताएका छन् ।

उनका अनुसार प्रयोगकर्ताहरुसँग कुनै पनि थ्रेड्स पोस्ट गरेको ५ मिनेटभित्रमा सो पोस्टलाई एडिट गर्ने समय रहनेछ ।

इन्स्टाग्रामका प्रमुख एडम मोसेरीले यसअघि नै थ्रेड्सका लागि विभिन्न नयाँ सुविधाहरु थप गर्ने बताइसकेका छन् जसमा पोस्ट एडिट गर्नेलगायतका फिचर हुनेछन् । यद्यपि यो फिचर कुन मितिमा लञ्च गर्ने भन्ने चाहिं मेटाले खुलाएको छैन ।

साथै मेटाले प्रयोगकर्ताहरुलाई आफ्नो इन्स्टाग्राम अकाउन्टलाई असर नपारीकनै थ्रेड्स प्रोफाइललाई डिलिट गर्न सकिने फिचर पनि ल्याउन लागेको बताइएको छ ।

पलुजीका अनुसार थ्रेड्स प्रोफाइल हटाएपछि इन्स्टाग्राम अकाउन्टबाट पुनः थ्रेड्स अकाउन्ट बनाउनका लागि प्रयोगकर्ताले ४ महिनासम्म पर्खिनुपर्नेछ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.