Advertisement

पत्नीका कारण २८ वर्षसम्म मृतक, आफैंलाई जिउँदो सावित गर्न वृद्धको लडाइँ

0 69

Advertisement

१६ भदाै, एजेन्सी । एकजना व्यक्ति २८ वर्षसम्म कानूनी रुपमा मृत रहे । आफैंलाई जीवित सावित गर्नका लागि उनले दुई वर्षसम्म कानूनी लडाइँ लड्नुपर्‍यो । अन्ततः गत अगष्ट १६ मा अदालतले उनको मृत्युदर्ता प्रमाणपत्र रद्द गर्दै उनलाई जीवित घोषित गरेको छ ।

ब्राजिलको टोकेन्टिस क्षेत्रमा बस्ने ७१ वर्षीय म्यानोएल मार्सिआनो डा सिल्भालाई उनकी पूर्वपत्नी र अन्य दुईजना साक्षीहरू मिलेर सन् १९९५ मा मृत घोषित गरिदिएका थिए र आधिकारिक निकायबाट उनको मृत्युदर्ता प्रमाणपत्र तयार गरेका थिए । यसबीचमा उनले पछिल्लो २८ वर्षसम्म कानूनी रुपमा मृत भएर बिताउनु पर्‍यो ।

कानूनी रुपमा उनी मरिसकेका थिए र सरकारी कागजपत्र अनुसार २८ वर्षअघि उनलाई टोकेन्टिन्स अगस्टिनोपोलिसले एउटा चिहानलाई अन्त्येष्टि गरिएको थियो ।

पूर्वपत्नीले अन्य व्यक्तिसँग मिलेर आफुलाई कानूनी रुपमा मारेको कुरा उनलाई पत्तो थिएन । तर जब उनले पेन्सन पाउन छाडे तब समस्या उत्पन्न भए । मरिसकेको भन्दै उनले स्वास्थ्य बिमा अन्तरगर्त नि:शुल्क स्वास्थ्य सेवासमेत पाएनन् । त्यसपछि उनले आफ्नो मृत्युको अनुसन्धान सुरु गरे । त्यसक्रममा उनले आफ्नै पूर्वपत्नी र अन्य दुईजना मिलेर आफूलाई मृत घोषित गर्दै सम्बन्धित सरकारी निकायबाट मृत्युदर्ता प्रमाणपत्र नै बनाएको थाहा पाए ।

पूर्वपत्नीले आफूलाई किन मृतक बताइन् भन्ने कुराको कारण त उनलाई थाहा छैन । आफूले यसबारेमा सन् २०१२ मै थाहा पाएको उनी बताउँछन् ।

एक स्थानीय चुनावमा मतदान गर्न जाँदा आफूलाई मतदानस्थलका कर्मचारीले मृत्यु भैसकेको भनेर भोट हाल्न नदिएपछि उनलाई आफू मरिसकेको थाहा भएको थियो । तर, सरकारी रेकर्डको गल्तीले त्यस्तो भएको होला भनेर उनले खासै वास्ता गरेनन् । जब उनले मरिसकेको भनेर पेन्सन तथा नि:शुल्क स्वास्थ्य उपचार समेत पाउन छाडे र अन्य दैनिक जीवनयापनमा समेत असर पर्न थाल्यो तब उनले कानूनी लडाइँ लड्ने निधो गरे ।

भलै कागजमै मात्र किन नहोस् उनलाई पुनर्जीवित हुनु आवश्यक थियो । र कानूनी रुपमा मरिसकेको आफूलाई जीवित प्रमाणित गर्नु सोचेभन्दा निकै कठिन भयो । अन्ततः सत्तरी वर्षका उनको मृत्युदर्ता प्रमाणपत्र रद्ध गरी एक नयाँ जन्मदर्ता प्रमाणपत्र प्राप्त गर्नका लागि वकिलको सहायताले कानूनी लडाइँ लड्नुपर्ने भयो ।

उनका औंलाहरुको औंठाछापको पेपिलोस्कोपिक परीक्षणबाट उनी जीवित रहेको पुष्टि त भयो तर उनलाई कानूनी रुपमा जिवित पुष्टि गर्नका लागि थप साक्षीहरुको आवश्यकता थियो । सबै प्रमाणहरु बुझेर अदालतले उनलाई जीवित प्रमाणित गरिदियो । यद्यपि उनको मृत्युको रहस्य अझै पनि खुलिसकेको छैन ।

म्यानोएलका छोराछोरीहरुका अनुसार उनकी अनपढ आमालाई केही मानिसहरुले गुमराहमा राखेर उनका पितालाई मृत घोषित गरिदिएका थिए । तथापि म्यानोएललाई भने आफूलाई किन कानूनी रुपमा मृत बनाइयो भन्ने कुराको परवाह छैन । जीवित मानिसहरुको बीच फिर्ता आएकोमा उनी खुसी छन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.