Advertisement

लेखापरीक्षण गर्न नसक्ने बीमा कम्पनीलाई १० लाख जरिवाना, मर्जरमा गएकालाई छुट

0 137

Advertisement

१६ भदाै, काठमाडाैं । नेपाल बीमा प्राधिकरणले लेखापरीक्षण गर्न नसक्ने बीमा कम्पनीहरुलाई १० लाख रुपैयाँको दरले जरिवाना गर्ने भएको छ । बीमा ऐन २०७९ को दफा ८७ अनुसार आर्थिक वर्ष सकिएको ५ महिना भित्रमा लेखापरीक्षण सम्पन्न नगर्ने ८ जीवन तथा एक निर्जीवन बीमा कम्पनीलाई पहिलो पटकका लागि १० लाख जरिवाना तिराउने भएको छ ।

राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनीले धेरै वर्षदेखि लेखापरीक्षण तथा साधारणसभा सम्पन्न गर्न सकेका छैनन् । जीवन बीमा तर्फ नेशनल लाइफ, नेपाल लाइफ, लाइफ इन्स्योरेन्स कर्पोरेसन, एशियन लाइफ, आइएमई लाइफ, सन नेपाल लाइफ, सिटिजन लाइफ र रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बीमा ऐनको दफा १३८ को उपदफा ७ (घ) अनुसार १० लाख रुपैयाँ जरिवाना तिर्नु पर्ने छ ।

बीमा प्राधिकरणले यस भन्दा अघिल्लो आर्थिक वर्षको हकमा छुट दिए पनि अव छुट दिदा प्राधिकरण नै अख्तियारको फन्दामा पर्न सक्नेछ । नियम अनुसार गर्नु भनेको काम नगरेमा पनि कानुनको उल्लंघन हो त्यसैले प्राधिकरणले बाध्य भएर यस वर्ष उनिहरुलाई कारबाही गर्नु पर्ने छ । प्राधिकरणले लेखापरीक्षण र साधारणसभा नगर्ने कम्पनीको सूची बनाएर खाखेको छ । प्राधिकरणको सञ्चालक समितिले कारबाही गर्ने निर्णय गरे पछि मात्रै जरिवाना तिर्नु पर्ने हुन्छ । तर प्राधिकरणले अहिलेसम्म पनि यस विषयमा निर्णय गर्न सकेको छैन ।

मर्जरमा गएका कम्पनीलाई छुट

मर्जरमा गएका कम्पनिहरुलाई भने बीमा प्राधिकरणले कारबाही नगर्ने जनाएको छ । मर्जरको सहुलियत प्रदान गर्दा नै बीमा कम्पनीहरुलाई यसमा छुट दिएको थियो । अहिलेसम्म जीवन बीमा तर्फ साविक प्रभु लाइफ, महालक्ष्मी लाइफ, सूर्य लाइफ, ज्योति लाइफ, गुराँस लाइफ, प्राइम लाइफ, यूनियन लाइफ, सानिमा लाइफ र रिलायन्स लाइफ मर्जरमा गएका छन् । यसरी मर्जरमा गएका ९ वटा कम्पनीले ऐन अनुसार हुने हर्जनामा छुट पाउने बीमा प्राधिकरणका एक अधिकारीले जानकारी दिए ।

जीवन बीमा कम्पनीहरुको सबैभन्दा ठुलो समस्या नै लेखापरीक्षण हो । लेखापरीक्षण गर्नु भन्दा अगाडी एक्चुरियल मूल्याङ्कन गर्नु पर्छ । यस्तो मूल्याङ्कन गर्ने व्यक्ति नेपालमा छैनन् । कम्पनीहरुले विदेशी एक्चुरी मार्फत काम गराउछन् । त्यसमा पनि नेपाली बीमा कम्पनीको भर भारतीय एक्चुरीमा छ । भारत बाहेक अन्य देशबाट काम लिन सकिने अवस्था छैन । भारत भन्दा बाहेकका एक्चुरी सँग काम लिदा धेरै शुल्क भुक्तानी गर्नु पर्छ कम्पनीहरु सँग धेरै शुल्क तिर्ने क्षमता छैन ।

अहिलेको ठुलो समस्या अगाडीकै आर्थिक वर्षको लेखापरीक्षण सम्पन्न गर्न मुस्किल छ । बीम कम्पनीहरुले अघिल्लै आर्थिक वर्षको लेखापरीक्षण गर्न सकेका छैनन् । उनिहरुले गत आर्थिक वर्षको काम अगाडी बढाउन सकेका छैनन् । एउटा आर्थिक वर्षको सम्पन्न नभएसम्म अन्य आर्थिक वर्षको सम्भव हुँदैन । यसले गर्दा पनि बीमा कम्पनीहरुले कम्तिमा पनि एक वर्ष भन्दा लामो समय लगाउने गरेका छन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.