Advertisement

राष्ट्रिय क्रिकेट टिमका खेलाडीले हेरे फिल्म ‘घुमर’

0 13

Advertisement

०१ भदाै, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पुरुष तथा महिला खेलाडीले शुक्रबार बलिउड फिल्म ‘घुमर’ हेरेका छन् । बिग मुभिज हलमा आयोजित विशेष शोमा पुरुष र महिला टोलीका २०-२० जना खेलाडीले फिल्म हेरेका हुन् ।

फिल्मको नेपाल वितरक गोविन्द शाहीले खेलाडीका लागि विशेष शो आयोजना गरेका थिए । पुरुष टोलीका सोमपाल कामी, भीम सार्की, प्रतिश जिसी लगायतले फिल्म हेरे । साथै, महिला टोलीका करुणा भण्डारी, कृतिका मरासिनी, सरिता मगर लगायतले फिल्म हेरे ।

उनीहरुले दिउँसो १ बजेको शोमा फिल्म हेरेका थिए । आर बल्की निर्देशित यो फिल्म क्रिकेटको कथावस्तुमा आधारित छ । एक दुर्घटनामा दायाँ हात गुमाएकी एक पात्रलाई तालिम दिएर एक असफल र निराशावादी क्रिकेट खेलाडीले उनको भाग्य बदलिदिएको कथावस्तु वरपर फिल्म घुमेको छ ।

फिल्म रिलिजको पूर्वसन्ध्यामा अभिनेता अभिषेक बच्चनले भिडियो सन्देश जारी गर्दै नेपाली क्रिकेट टोलीलाई एसिया कपको शुभकामना दिएका थिए । फिल्म हेरिसकेपछि खेलाडीले प्रशंसा गरेका थिए । नेपाली क्रिकेट टीमका तीव्र गतिका बलर सोमपालले फिल्मले आफूलाई प्रेरणा दिएको बताए ।

अन्य खेलाडीले पनि फिल्मले दिएको सन्देश महत्वपूर्ण रहेको भन्दै फिल्म हेर्न आग्रह गरेका थिए ।शुक्रबारदेखि प्रदर्शनमा आएको यो फिल्मसँगै शाहीको वितरण कम्पनी काफिया फिल्म्सले विदेशी फिल्मको वितरण थालेको छ । ‘घुमर’पछि काफिया फिल्म्सले आयुष्मान खुराना स्टारर बलिउड फिल्म ‘ड्रिमगर्ल्स २’ वितरण गर्दैछ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.