Advertisement

‘बार्बी’ ब्लकबस्टर भएसँगै मार्गोट रोबी बनिन् विश्वमै सर्वाधिक पारिश्रमिक लिने अभिनेत्री

0 37

Advertisement

०१ भदाै, काठमाडाैं । हलिउड फिल्म ‘बार्बी’की अभिनेत्री मार्गोट रोबी विश्वकै सर्वाधिक पारिश्रमिक लिने अभिनेत्री बनेकी छिन् । उनले यो फिल्ममा काम गरेबापत ५० मिलियन अमेरिकी डलरभन्दा बढी पारिश्रमिक लिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

पारिश्रमिक लिने मामिलामा उनले स्कारलेट जोन्सन, एन्जेलिना जोली र ग्याल ग्याडोट जस्ता हलिउडका चर्चित अभिनेत्रीलाई पनि पछि छाडेकी छन् । ‘बार्बी’ अझै हलमा चलिरहेको छ । फिल्मले अहिलेसम्म विश्वव्यापी १.१८ बिलियन डलरभन्दा बढी कमाइ गरेको छ ।

यो फिल्मलाई ग्रेटा गेर्भिङ नामकी महिला निर्देशकले निर्देशन गरेकी हुन् । महिला निर्देशकको फिल्मले एक अर्ब डलरभन्दा बढी कमाइ गरेको यो पहिलोपटक हो । अभिनेत्री रोबी पनि फिल्मकी सहनिर्माता हुन् ।

प्रतिष्ठित भेराइटी म्यागजिनले ‘बार्बी’बाट मार्गोट रोबीले ५० मिलियन डलर कमाएको जनाएको छ । यति मात्र होइन, फिल्म कमाइको बोनस समेत उनले प्राप्त गर्नेछिन् । अहिले पनि विश्व बक्स अफिसको शीर्ष स्थानमा रहेकाले फिल्मले अझै कमाउन सक्छ ।

रोबी अहिले सबैभन्दा बढी पारिश्रमिक लिने अभिनेत्री बने पनि यसअघि हलिउड अभिनेत्री सान्ड्रा बुलकले २०१३ मा फिल्म ‘ग्रेभिटी’मा काम गरेबापत सात करोड डलर पारिश्रमिक प्राप्त गरेकी थिइन् । त्यसपछि जेनिफर एनिस्टन, जेनिफर लरेन्स, गल ग्याडोट, स्कारलेट जोन्सन र एन्जेलिना जोली जस्ता अभिनेत्री सूचीमा छन् ।

रोबीको कुरा गर्दा उनी ‘आइ टोन्या’ र ‘बम्बसेल’जस्ता फिल्मबाट ओस्कार अवार्डमा मनोनित भएकी थिइन् । वुल्फ अफ वालस्ट्रिट, सुसाइड स्क्वाड, वन्स अपन अ टाइम इन हलिउड उनका अन्य व्यावसायिक सफल फिल्महरु हुन् । तर ‘बार्बी’को तहमा कुनै पनि फिल्म आउन सकेनन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.